काठमाडौँ – पत्रकार तथा गायक अजय अलङकार कुलुङको सानिवा (हृदय)को अफिसियल म्युजिक भिडियो बिमोचन हुने भएको छ । बिमोचन चैत्र ३० गते बिहिबार चावहिल सरस्वतीनगर स्थित कुजनु रेस्टुरेन्ट एण्ड सेकुवा कर्नरमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा वरिष्ठ गायक शम्भु राईको प्रमुख आतिथ्यतामा हुने भएको छ ।

श्रष्टा अलङकारको पाचौं कोसेली सानीवा (हृदय) नामक एल्बममा संग्रहित शीर्ष गीत सानिवाको (मेल भर्सन) म्युजिक भिडियो सार्वजनिक गर्न लागिएको हो । फिमेल भर्सनमा आभा मुकारुङ द्वारा स्वरबद्व गीत यस अघिनै सार्वजनिक भईसकेको छ ।

राजेन्द्र केरुङ को स्वरमा सजिएको गितलाई अजय अलङ्कारको शब्द र सङ्गीत रहेको छ भने पबिधन खालिङको संगित संयोजन रहेको छ । मिक्सिङ किशोर थापा र रेकर्डिङ साजन शाहले गरेका हुन् । भिडियोमा भने अजय अलङकार र छमछमी सिजन ३ का फष्ट रनरअप मनिता बुख्खो कुलुङको अभिनय रहेको छ । त्यसैगरी फैलिमाया कुलुङ, समीप कुलुङ, बालकलाकारहरू संस्कृति कुलुङ र रेवन्त कुलुङको अभिनय पनि रहेको छ ।

भिडियोमा छायांकन तथा सम्पादन सृजन शिरीष को रहेको छ भने निर्देशन राजेन्द्र केरुङ को रहेको छ । महाकुलुङको गुदेलमै पुगेर छायांकन गरिएको भिडियोमा कुलुङ संस्कृति ,भेषभुषा सहित एक युवाको गायक बन्ने अधुरो सपनालाई कलात्मक ढङ्गले प्रस्तुत गर्न खोजिएको बताईएको छ ।

श्रष्टा अलङकारको  पहिलो नजर लोक दोहोरी गीति एल्बम २०६५, शन्देश लोक आधुनिक गीति एल्बम २०६५, झुपडीको आँशु गीति संग्रह २०६७, मेरी आमा मुक्तक संग्रह २०६९, सानीवा कुलुङ भाषामा गीति एल्बम २०७१, पोम्लालुङ कुलुङ भाषामा गीति एल्बम २०७३, महाकुलुङ ‘महोत्सव गान’ २०७४, महाकुलुङ ‘गाउँपालिका गान’ २०७७, गुदेल ‘स्कुल गान’ २०७९ लगायत
हालसम्म ३ दर्जनभन्दा बढी नेपाली तथा कुलुङ भाषामा गीतहरू रेकर्ड  भईसकेका छन।

कुलुङ भाषामा हालसम्म ४८ वटा गीतहरू रेकर्ड भएमध्ये अजय अलङकार कुलुङको गीतहरु ९ वटा रहेका छन् ।

कुलुङ भाषा संरक्षणको निम्ति विगत ६ वर्ष अगाडि २०७३ साल फाल्गुनदेखि ईन्डिजिनियस टेलिभिजनमा “आम्नी मीन्ताम ओखी रीदाम” कार्यक्रम संचालन गर्दै आएका अलङ्कार हाल कुलुङ जातिको साझा संस्था नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ केन्द्रीय समितिको सचिव समेत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर