हात्तीगौँडास्थित इम्पेरियल वर्ल्ड स्कुलले दुई बालकथा सङ्ग्रह सार्वजनिक गरेको छ । बालबालिकाको प्रतिभाको पहिचान गरी उनीहरुको सिर्जनशीलता, भाषिक सीप र दक्षता प्रष्फुटन गराउने उद्देश्यले विद्यालयले उनीहरुका साहित्यिक कृति प्रकाशन आरम्भ गरेको हो ।

आज विद्यालयले प्रकाशन गरेको नेपाली भाषाको ‘नवीन पाइला’ र अङ्ग्रेजी भाषाको ‘इम्याजिनेटिभ वर्ल्ड’ दुई बालकथा बाल साहित्यकार यशु श्रेष्ठ, विद्यालयका अध्यक्ष कुमार कार्की र प्रधानाध्यापक जुनिता शाहीले संयुक्तरुपमा विमोचन गरे ।

बालकथा सङ्ग्रहमा कक्षा तीनदेखि १० सम्मका बालबालिकाले लेखेका कथा समेटिएका छन् । सङ्ग्रहमा बालबालिकाका कल्पना, साहस र सफलताका कथाहरु समेटिएका छन् ।

साहित्यकार यशु श्रेष्ठले विद्यालय बगैँचा र बालबालिका त्यसका फूल भएको बताउँदै बालकथा सङ्ग्र्रहले बालबालिकालाई साहित्यमा रुचि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। विद्यालयका अध्यक्ष कुमार कार्कीले विद्यालयले विद्यार्थीलाई कक्षा कोठामा मात्रै पढाएर नपुग्ने र वास्तविक जीवनमा नै पुगेर जस्ताको तस्तै उतार्न खोजिएको जनाए ।

प्रधानाध्यापक जुनिता शाहीले सहित्यले बालबालिकाको सिकाइमा ठूलो प्रभाव पार्ने भए पनि यसले धेरै महत्व नपाएको बताएकाले नवीन थालनी गरिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर