अमेरिका – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिवार नाटककार तथा कवि वाशु शशीको सम्झनामा कार्यक्रम गरेको छ । साहित्यकार शशीको ८७ औँ जन्मजयन्तीको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा विभिन्न वक्ताले शशीको साहित्यिक योगदानका वारेमा चर्चा गरे ।

अनेसास संवादको २९ औँ शृङ्खला अन्तर्गत आयोजित कार्यक्रममा सल्लाहकार गोविन्द गिरी प्रेरणा, पूर्व अध्यक्षद्वय मोहन सिटौला र राधेश्याम लेकाली, साहित्यकार तीर्थराज अधिकारी, वाशु शशी स्मृति परिषदका सचिव प्रधुम्न जोशी, अनेसासका वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, अनेसास बेल्जियम च्याप्टर अध्यक्ष डिल्ली अमाई, जर्जिया च्याप्टर उपाध्यक्ष मीरा कोइरालालगायतको मन्तव्य र सहभागिता रहेको थियो ।

कार्यक्रमका सभापति अनेसासका अध्यक्ष गोवर्द्धन पूजाले साधनारत साहित्यकारको सम्मान र दिवंगत साहित्यकारको सम्झना गर्दै जाने अनेसासको नीति रहेको बताउदै साहित्यकार वाशु शशीलाई अनेसासले आगामी दिनमा सम्मानपूर्वक सम्झदै जाने बताए ।

सामाजिक यथार्थवादी नाटककारका रुपका चर्चित वाशु शशी कवि, गीतकार, नाटककार, सम्पादकका रूपमा पाठकले पढ्दै आएका छन् । उनको कथामा आधारित नेपाली कथानक चलचित्र अहिले पनि राम्रो चलचित्रमा पर्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर