दमक, झापा – साहित्य कला सङ्गम, दमकले ७ जना स्रष्टालाई पुरस्कृत गरेको छ । आगामी चैत २५ गते दमक, झापामा भव्य कार्यक्रमको आयोजना गरी लेखकहरुलाई सम्मान गरिने संस्थाद्वारा प्रेषित समाचारमा जनाइएको छ ।
भवानी मिश्र पुरस्कारबाट चुडामणि रेग्मी, प्रतिभा पौडेल, मुकुन्द प्रयास, हिक्मत नेम्बाङ, युद्धवीर राणा पुरस्कृत भएका छन् ।
त्यसैगरी साहित्य कलाश्री पुरस्कारबाट निबन्धकार–नियात्राकार युवराज नयाँघरेलाई पुरस्कृत गरिएको छ ।
त्यस्तै तुलसादेवी न्यौपाने स्मृति पुरस्कार गायक सीताराम ताजपुरियालाई दिइने घोषणा गरिएको छ ।
यी सबै पुरस्कारको राशि ३५ हजार नगद, सम्मान पत्र, स्मृति चिन्ह रहेको छ ।
साहित्य कला सङ्गमका अध्यक्ष विष्णु न्यौपानेद्वारा प्रेषित विज्ञप्तिमा स्रष्टा छनौट गर्दा सबै उमेर, क्षेत्र, विधाका साधकहरु समेटिएको उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर