बोस्टन अमेरिका – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफट्रस्टीका निवर्तमान सल्लाहकार रोहिणी शर्मालाई अनेसासले अभिनन्दन गर्ने भएको छ । सन् २००४ देखि बीओटीमा आवद्ध शर्मा, बिओटीको उपसभापति पनि रहनु भएको थियो ।

पेशाले खानी ईन्जिनियर भएर पनि नेपाली भाषा र साहित्यको प्रवर्द्धनमा सक्रिय शर्माले अनेसासमा धेरैपटक पुरस्कारको पनि प्रायोजन गर्नुभएको छ । नेपालको धवलागिरी अञ्चलको बाग्लुङबाट अमेरिकाको अरिजोनामा स्थानान्तरण गर्नुभएको शर्माको अमेरिकामा रहेका विभिन्न संघसंस्थामा पनि संलग्नता रहेको छ ।

मार्च ११मा बोस्टनमा हुने सम्मेलनमा शर्मालाई अभिनन्दन गरिने भएको हो ।

अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा आइतवार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर