युएई – सगरमाथा साहित्य प्रतिष्ठानको आयोजनामा युएइमा ‘कविता समारोह युएइ २०२३’, पुस्तक बिमोचन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
पुस २४ गते आइतबार युएइको दुबइ बरदुबईस्थित अस्वस्थित कन्ट्री रोला नशा दोहोरी रेष्टुरेन्टमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सृजना बाचन डबली युएइ ,अन्तर्राष्ट्रिय नेपाली समाज सह प्रायोजक रहेको उक्त कार्यक्रमलाई प्रखर कवि प्रज्वल अधिकारीको कविताले मन्त्र मुग्ध बनाएको थियो ।
कविता वाचनकै लागि युएई पुगेका कवि अधिकारीले प्रवासमा रहेर विविध अप्ठ्यारोहरुका बाबजुद पनि नेपाली भाषा साहित्यको सेवामा लागेको भन्दै युएईमा रहेर भाषा साहित्यको विकासका लागि काम गर्ने सङ्घ संस्थाको प्रशंसा गरे । समारोहमा कवि अधिकारीले दुई चरणमा गरी १० ओटा कविता सुनाएका थिए ।
अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर युएईमै रहेको सगरमाथा साहित्य प्रतिष्ठानले आयोजना गरेको कवितामा समारोहमा कवि अधिकारीलाई प्रमुख अतिथि कविको रूपमा निमन्त्रणा गरिएको थियो ।
यसअघि सिर्जना डबलीको निमन्त्रणामा युएईमा गजलकार डा. कृष्णहरि बराल, कवि नवराज पराजुली, गीतकार बादल घिमिरे, गीतकार विष्णु बाबु देवकोटा, गायक राज सिग्देल, सञ्चारकर्मी अच्युत घिमिरे, गजलकार प्रदीप रोदनलगायत विशेष प्रस्तुतिका लागि पुगिसकेका छन् ।
कार्यक्रममा युएईमा रहेका साहित्य लेखनमा सक्रिय करिब डेढ दर्जन नेपाली सर्जकहरूको पनि विशेष प्रस्तुति रहेको थियो । कार्यक्रममा गजलकार विष्णु प्याकुरेल, कवि कृष्ण विश्वकर्मा, कवि डि एल घिमिरे, कवि मेघ प्रसाद धमला, कवि विवेक दुलाल क्षेत्री ‘दमक’, कवि हरिहर कँडेल, कवि प्रकाश निरौला, कवि आस्था निरौला, कवि संजिता खतिवडा, गीतकार जीरन थुलुङ राई, कवि सरु शीतल राई, मुक्तककार बिलासी मान्छे, गजलकार नकुल पौडेल, दिनेश भट्ट, गजलकार भवानी नेपाललगायतले रचना वाचन गरेका थिए ।
उक्त कार्यक्रममा कवि प्रज्वल अधिकारीसहित एकसाथ ८ जना स्रष्टाहरूलाई ‘सगरमाथा साधना सम्मान २०२२’द्वारा सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरूमा युएईमा रहेर लामो समयदेखि साहित्य लेखन र साहित्यिक गतिविधिमा सक्रिय रहँदै आउनु भएका कविरकथाकार विवेक दुलाल क्षेत्री ‘दमक’, गायक/सङ्गीतकार/कवि दीपराज नेयोङ्हाङ रहेका छन् ।
त्यस्तै, गजलकार÷व्यवसायी जे. सागर, गीतकार जीरन थुलुङ राई हाल जापान बस्दै आएकी गजलकार कुसुम नेपाली ‘समर्पण’, नुवाकोट निवासी गजलकार सुमित्रा सुमी र पोखराकी कवि लिली अधिकारीलाई सो सम्मान प्रदान गरिएको थियो ।
कवि÷कथाकार दुलाल सगरमाथा साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष, कवि÷गायक नेयोङ्हाङ प्रतिष्ठानका कला तथा साहित्य विभाग पूर्व प्रमुख, गीतकार राई प्रतिष्ठानका भाषा तथा साहित्य विभाग प्रमुख, गजलकार सुमी र नेपाली प्रतिष्ठानका केन्द्रीय सदस्य र कवि अधिकारी प्रतिष्ठानको गण्डकी प्रदेश समिति सचिव हुन्।
कार्यक्रममा दुई साहित्यिक कृतिसमेत लोकार्पण समेत गरिएको थियो । काठमाडौँ निवासी कवि तथा प्राज्ञ वसन्तराज अज्ञातको हाईकु सङ्ग्रह ‘साँझको जून’ र हाल इजरायल रहँदै आएकी कथाकार सुनिता कन्दङ्वा राईको कथा सङ्ग्रह ‘तिउरी’ विमोचन गरिएको थियो ।
कार्यक्रममा ‘विश्व राष्ट्र-गान अभियान’मा हिडेका राम जि नेपालीलाई विशेष सम्मान गरिएको थियो ।विश्वका १ सय ५० देशका राष्ट्रिय गान त्यही देशको भाषामा गाउँदै हिँडेका उनी सो समयमा युएई आइपुगेका थिए । उनको अभियानलाई सहयोग गर्ने उद्देश्यका साथ सहभागीहरूले उक्त कार्यक्रममै स्वेच्छिक रूपमा आर्थिक सहयोग गरेका थिए ।
आयोजक प्रतिष्ठानकी उपाध्यक्ष सरु शीतल राईको अध्यक्षतामा र पत्रकार महासंघ युएईका अध्यक्ष मेघराज सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन प्रतिष्ठानका प्रदेश इन्चार्ज तथा गजलकार राज यात्री लम्साल र अन्तर्राष्ट्रिय नेपाली समाज युएईका महासचिव तथा गजलकार भवानी नेपालले गरेका थिए ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघ युएईका अध्यक्ष सापकोटाले नेपाली साहित्यिक गतिविधिका हिसाबले युएई पहिलेदेखि सक्रिय रहँदै आएको बताए । उनले आगामी दिनमा सक्रिय रहन आग्रह समेत गरे ।
।
सो अवसरमा प्रतिष्ठानका कला तथा संस्कृति विभाग प्रमुख तथा कार्यक्रम संयोजक डि के किराँतीले विविध कठिनाइका बिचमा रहेर छोटो समयको तयारीमै भए पनि कार्यक्रम गर्न सफल भएको बताए । उनले भने, “कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैप्रति धन्यवाद व्यक्त गर्दृछु । आगामी दिनमा पनि यस किसिमको कार्यक्रम गर्न हौसला मिलेको छ ।”
कार्यक्रममा ई(सेवा मनि ट्रान्सफर युएई, हिमाल प्लानेट ट्राभल एण्ड टुरिजम युएई, घान्तुत नेपाली क्याफे र सयपत्री नेपाली रस्टुरेन्टको आर्थिक सहयोग रहेको थियो भने सेतोमाटो डटकम मिडिया पार्टनर रहेको थियो ।
प्रतिक्रिया
-
४