मञ्जुश्री साहित्य समाजको अध्यक्षमा डा.बमबहादुर थापा ‘जिताली’ चयन भएका छन् । उक्त समाजको आज सम्पन्न चौथो अधिवेशनबाट डा थापाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति दुई वर्षका लागि सर्वसम्मत चयन गरिएको हो । यस्तै समाजको उपाध्यक्षमा ध्रुवराज पौडेल, सचिवमा वीरबहादुर लोहनी र कोषाध्यक्षमा नीरप्रसाद तिमल्सेना चयन भएका छन् ।
सदस्यहरुमा टेकबहादुर लौडारी, इन्दिरा शाह, सर्वराज पौडेल, प्रभा बराल, पम्फा भट्टराई, रामरञ्जन पौडेल र हरिप्रसाद घिमिरे चयन भएका छन् । विसं २०७२ चैत २७ गते स्थापना भएको उक्त समाजले नेपाली साहित्य क्षेत्रको विकास र विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।
प्रतिक्रिया
-
४
