१२ जना छोरीहरूले लेखका ‘‘छोरीले जन्माएका आमाहरू’ सार्वजनिक भएको छ । नेपाल बाहिर बसोबास गरिरहेका १२ जना छोरीले लेखेको सो पुस्तकमा आमाहरूको जीवनकथा समेटिएको छ ।

उक्त कृतिमा कमला न्यौपाने, कल्पना तमाङ,उमा शर्मा, मिरा बस्ने, मन्जु थापा, कविता घिमिरे, तनुजा पोखरेल अधिकारी,जानु ओझा, ईन्द्र गुरौ, सन्जिता बराइली, निर्मल रार्इ र मोनिका आचार्यको संयुक्त लेखन रहेको छ ।

१२ जना आमाहरूको जीवनकथा पुस्तकमा समेटिए पनि यो पुस्तकले अहिले र पहिलेको समयलाई, महिलाले भोगेको सामाजिक, सांस्कृतिक, राजनीतिक आर्थिक विषय र सन्दर्भलाई गहिरोसँग विश्लेषण गरेको लेखकहरूले बताएका छन् ।

कृतिमा आमाहरूले भोगेका विभिन्न पक्षबारे चर्चा गरिएको छ । समग्रमा त्यो बेलामा आमाहरूले देखेको, भोगेको, बाँचेको समाजको कथा छ ।

पुस्तक विद्रोही एंव एकल आमाहरूको कथा भएको लेखक तथा अभियन्ता सन्तोष परियार बताउँछन् । उनले भने, ‘अब आमालाई सहनशीलतासँग मात्र सतही व्याख्या गर्नु उचित हुँदैन । आमा विद्रोही चेतका पनि हुन्छन् ।’

यो पुस्तक छोरीले जन्माएको आमाको बारेमा लेखिएको भावनात्मक संवेदन मात्र होइन नारीवादको सत्यतालाई उजागार गरेको सञ्चारकर्मी तथा वक्ता आरती चटौतले बताइन् ।

पुस्तकलाई अक्षर क्रियसन्सले बजारमा ल्याएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर