काठमाडौँ – समाजसेवी दुर्गा ढकालद्वारा लिखित कविता सङ्ग्रह ‘अक्षरको परकम्पन’ लोकार्पण गरिएको छ । राष्ट्रिका साहित्य प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकको शनिबार विमोचन गरिएको हो ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा आयोजित एक समारोहमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, प्रा डा रमेश भट्टराई, प्रा डा सुरेन्द्र केसी, वरिष्ठ साहित्यकार युवराज नयाँघरेले संयुक्तरूपमा लोकार्पण गरे।

प्रज्ञा–प्रतिष्ठानका कुलपति उप्रेतीले १४ वर्ष विदेशी भूमिमा बसेर पनि नेपाली साहित्यलाई माया गर्नु सबैका लागि सुखद भएको बताए ।

“कविता एउटा विचार हो” भन्दै उनले जो जहाँ गए पनि मानिसले आफ्नो भूगोल, संस्कार, संस्कृतिको माया गर्ने बताए। कुनै पनि घटनाले मानिसलाई संवेदनशील बनाउने र तिनै भावनाका तेन्द्राहरू कलममा जागृत हुने उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर