सौल, कोरिया – अनेसास कोरिया च्याप्टरले प्रत्येक वर्ष झैँ यो वर्ष पनि गजलशिरोमणी मोतीराम भट्टको १५७ औं जन्म जयन्ती भब्य रूपले गजल वाचनका साथ सम्पन्न गर्यो ।

च्याप्टरले उनको सम्झनामा चार उत्कृष्ट गजलकारका वजनदार वाचनले कार्यक्रमको गरिमा बढाएको थियो । भर्चुअल माध्यम बाट सम्पन्न सो गजल वाचनमा गजलकारहरू विनोद परिवर्तित, गोपिकृष्ण लामिछाने , लक्ष्मी रेग्मी खनाल र विजय अधिकारीले आफ्ना सुन्दर गजलहरू प्रस्तुत गरेका थिए ।

च्याप्टरका अध्यक्ष ह्यारी बोन्ड को सभापतित्वमा सम्पन्न सो कार्यक्रममा बिशेष उपस्थिति जनाउहुनुने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रका अध्यक्ष गोवर्धन पुजाले नेपाली साहित्य कौशललाई मलजल गर्न र यसको बिकासका लागि मोतीरामले आफ्नो जीवन को अत्यन्त कम समयमा गरेको प्रयास अतिलनिय छ भन्दै श्रष्टाहरूको रचनाको प्रशंसा गरेका थिए ।

सल्लाहकार आर एन अधिकारी ले संयोजन गरेको उक्त कार्यक्रम महासचिव लोकराज न्यौपाने ले सञ्चालन गरेका थिए ।

भाषासाहित्य​, सङ्गीत र​ कलाको विकास, विस्तार​ र​ उन्न​य​न​मा अन​व​र​त सक्रिय​ संस्था अनेसास कोरिया च्याप्ट​रले स्र​ष्टा सम्मान, भानु ज​य​न्ती, ल​क्ष्मी जयन्ती, मोति जयन्तील​गाय​त विभिन्न सन्दर्भ विशेष कार्यक्रम तथा कविता प्रतियोगिताजस्ता सम्मेल​न​ह​रू ग​र्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर