श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ। २०७५ सालमा शिला खनालको स्वरमा ‘मधुमासमै मिठो साथ छुटे पछि रोएँ’ बोलको पहिलो गीत रेकर्ड गराएका राईले पुनः मनमा बि राईको स्वरमा ‘सञ्चो छ कि रोदन’ बोलको दोस्रो गीत सार्वजनिक गरेका हुन्।

श्रीराम राईको शब्दमा ओमप्रकाश राईले सङ्गीत भरेका छन्। ६ मिनेटको गीतको अडियो ओसन म्युजिक नेपालको यूटुव च्यानलबाट सार्वजनिक गरिएको छ।

‘सञ्चो छ कि रोदन’मा स्वर दिएकी बिराई खोटाङकै उदीयमान गायिका हुन्। १० बर्से शिक्षण पेसा छाडेर २०७२ सालमा काठमाडौं छिरेका दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका–७,दोर्पा,चिउरीडाँडाका राई साहित्य लेखन र पत्रकारितामा क्रियाशील छन्।

गीतकार राई बालकथा,लघुकथा, हाइकु, मुक्तक, गजल, कविता जस्ता विविध विधामा उत्तिकै कलम चलाउँछन्। साहित्य क्षेत्रमा दिलदिमागले लागिपर्ने उनका बालकथासंग्रह ‘पोलेको मकै’ २०७८ र ‘टोली नेता’ २०७४ प्रकाशित छन्।

संयुक्त लघुकथासंग्रह ‘आजका लघुकथा’ २०७४ मा पाँच वटा र ‘संयोग’ २०७९ मा उनका तीन वटा लघुकथा समावेश छन् भने उनको लघुकथासंग्रह प्रकाशनको तयारीमा छ।

जुनसुकै साहित्य कार्यक्रमहरूमा सहभागिता जनाउने गीतकार राई रावासावा प्राज्ञिक समाज नेपालका सदस्य हुनुहुन्छ। उहाँ लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष पनि हुन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर