पछिल्लो पुस्ताका चर्चित गजलकार प्रदिप रोदनले युएईमा एकल विशेष प्रस्तुति दिएका छन् । सिर्जना वाचन डबलीले युएईमा आइतबार आयोजना गरेको कार्यक्रममा गजलकार रोदले विशेष प्रस्तुति दिएका हुन् ।

नेपाली गजलको प्रतिनिधित्व गर्दै युएई पुगेका उनको नेपाल बाहिरको पहिलो प्रस्तुति थियो । आइतबार १२ बजेदेखि शुरू हुने भनिएको कार्यक्रम दुई घण्टा ढिलोगरी सुरु भएको थियो । गजलकार रोदले नयाँ र पुराना गजल गरी दर्जनबढी गजल सुनाएका थिए ।

उनलाई हरेक गजलका शेरहरू दोहोर्याएर सुनाउनु परेको थियो । उनले कार्यक्रममा सुनाएका अधिकांश गजलका शेरहरू यसअघि नै फेसबुक, युटुब र टिकटकमा पढिएको र सुनिरहेको भए पनि प्रत्यक्ष सुन्दा उपस्थित दर्शकदिर्घाबाट वाहीवाही पाइरहेका थिए ।

लामो समयदेखि साहित्यिक गतिविधिमा आफूलाई सक्रिय बनाउँदै आएको सिर्जना वाचन डबलीले गजलकार रोदनको विशेष प्रस्तुतिको व्यवस्था गरेको हो ।

अन्तराष्ट्रिय नेपाली समाज युएई राष्ट्रिय कार्यसमिति सह-आयोजक रहेको उक्त कार्यक्रममा करिब दुई सय जनाको उपस्थिति रहेको थियो । गजलकार रोदनको प्रस्तुतिको हरेक शेरमा वा ! वा ! , “वान्स मोर”का साथै तालिका पर्रा छुटेका दिए ।

कार्यक्रममा अटल उपेन्द्र, समर चेम्जोङ आभास, सरोज सङ्गम, इन्धन डिवि भण्डारी, सुरज राना, डि एल घिमिरे, डि के किराँती, सरु शीतल राई, विष्णु प्याकुरेल, नकुल पौडेल, राजयात्री लम्साल, भुवन कुमार वाग्ले आनन्द, सोनी भण्डारी, ओम कुमारी खाँड, हरिहर कँडेल, घायल दीपक कार्की, बिलासी मान्छे, रमन सुवेदी, सन्दिप रेग्मी, राजन अधिकारी्लगायतले गजल वाचन गरेका थिए ।

कार्यक्रममा उपस्थितिहरूमध्ये गोलाप्रथामार्फत ७ जनालाई पुरस्कारको व्यवस्था गरिएको सो कार्यक्रममा आईएमईका युएई प्रमुख उत्तम बस्नेत र अधिकृत ईश्वर अधिकारीले पुरस्कार प्रदान गरेका थिए ।

गजलकार भवानी नेपाल र रमेश क्षितिजले सञ्चालन गरेको कार्यक्रमे आयोजक डबलीका संरक्षक तथा गजलकार टक गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकाल प्रमुख अतिथि रहेका सो कार्यक्रममा साहित्यपोस्टसहित राष्ट्रिय डेली, सेतोमाटो र नमस्ते दुबई मिडिया पार्टनर रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर