काठमाडौँ – अभिनेता दिलिप रायमाझी गायिका इन्दिरा जोशीलाई ‘जिम्माल बाको छोरो’ बनेर फकाउन थालेका छन् । दिलिपले गायिका जोशीको नयाँ गीत ‘जिम्माल बाको छोरो’को भिडियोमा उनलाई फकाउँदै पछि लागेको देख्न सकिन्छ ।
यस गीमा जोशीका साथै रमेश बाबुले पनि स्वर दिएका छन् । रोमान्टिक शैलीमा तयार गीत ‘जिम्माल बा को छोरो’मा प्रकाश सापकोटाको शब्द र भिम ब. श्रेष्ठको संगीत रहेको छ ।
भिडियोमा दिलिप, इन्दिराको अलवा गीता ढुंगाना र कमल सिंहको समेत अभिनय देख्न सकिनेछ ।
सुब्रत आचार्यको निर्देशन रहेको भिडियोमा विकास दाहालको सम्पादन, बुद्ध थापाको छायांकन र प्रमोद भण्डारीको कोरियोग्राफी छ ।
प्रतिक्रिया
-
४