राज कुन्द्रा पक्राउको घटनाले अभिनेत्री शिल्पा शेट्टीको ‘हंगामा २’लाई फरक नपार्ने भएको छ । १४ वर्षपछि यस फिल्ममार्फत फिल्म अभिनयमा फर्किएकी शिल्पाको ‘हंगामा २’ २३ जुलाई अर्थात शुक्रबार डिज्नी प्लस र हटस्टारबाट रिलिज हुने भएको हो ।
कमब्याप फिल्म रिलिजको केही दिन पहिले शिल्पामा श्रीमान् राज कुन्द्रा अश्लिल भिडियो निर्माणको आरोपमा पक्राउ परेका छन् ।
यसैबीच राज कुन्द्राको यो घटनाका कारण शिल्पाको कमब्याकपछि यो फिल्मको रिलिज स्थगित हुनसक्छ भन्ने समाचार बाहिर आएको थियो । तर फिल्मका निर्माता रतन जैनले फिल्मको रिलिज नरोकिने जानकारी दिएका छन् ।
मिडियासँगको कुराकानीमा निर्माता जैनले भनेका छन् “राज कुन्द्राको केससँग ‘हंगामा २’ को के सम्बन्ध छ र ?” शिल्पाको श्रीमानलाई आरोप लागेको हो, शिल्पालाई होइन ।’
शिल्पा फिल्मको एक कलाकार मात्र भएको र उनले फिल्मको प्रमोसन बाहेकको सबै काम पुरा गरेको जैनले बताए ।
उनले भने “शिल्पाको नाम जबर्जस्त राज कुन्द्राको केसमा जोडिएको हो । उनको त्यसमा केही सम्बन्ध छैन । मैले एक राम्रो फिल्म बनाएको छु । मानिस फिल्म कन्ट्रोवर्सीका कारण होइन कन्टेन्टका कारण हेर्नेछन् ।”
हंगामा २’ २००३ मा आएको फिल्म ‘हंगामा’ को सिक्वेल हो । फिल्ममा अफताव शिवदासनी, अक्षय खन्ना र रिमी सेनको मुख्य भूमिका रहेको थियो । प्रियदर्शनको निर्देशन रहेको ‘हंगामा २’ मा शिल्पा शेट्टी, परेश रावल, मिजान जाफरी, प्रनिता, सुभाष, आशुतोष राणा, राजपाल यादव र जोनी लिवर समेतको अभिनय देख्न सकिनेछ ।
प्रतिक्रिया
-
४