काभ्रे – साहित्यकार तथा संस्कृतिकर्मी सूर्य लाकोजूको ‘अक्षरका स्वरूप’ मुक्तक संग्रह र ‘स्मृतिको आँखीझ्याल’बाट संस्करणात्मक निबन्धहरूको संग्रह प्रकाशित भएको छ । आफ्नो जन्मदिनको अवसर पारेर लाकोजूले ती दुई कृतिको बिमोचन विद्यार्थीहरूको हातबाट एक कार्यक्रमबीच गराएका हुन् ।

लोकार्पण गरिएका दुई कृतिमध्ये अक्षरका स्वरूपभित्र विविध भाव झल्कने सयओटा मुक्तकहरू सङ्ग्रहित छन् । चोटिला मुक्तक लेख्न सीपालु लाकोजूका यसअघि भावनाका फूलहरू, फूलहरूको मेला, शाश्वत स्वरहरू, स्वर्णिम धुन गरी चारोटा मुक्तकका पुस्तक प्रकाशित छ्न् ।

पुस्तकमा देशप्रेम, समाजमा रहेका विकृति बिरुद्ध असन्तोष , प्रेमप्रणयका सन्दर्भ , राजनैतिक बेथिति जस्ता बिषय मुक्तककारले उठाएका छन्। लाकोजूको अर्को बिमोचित पुस्तक स्मृतिको आँखीझ्यालबाट लेखकको बाल्यावस्थाको संस्मरण हो ।

निजी अनुभूतिमा साहित्यको लेप लगाएर सामान्य पाठकले पनि बुझ्ने गरी तयार पारिएका निबन्धहरूको सङ्गालो स्मृतिको आँखिझ्यालबाट निबन्ध संग्रह स्कुले छात्रछात्रादेखि कलेज तहका विद्यार्थीहरू, सामान्यदेखि विशिष्ट खालका पाठकहरु लगायत अनुसन्धाताका लागि समेत खुराक पस्कन सक्ने खालको छ ।

साहित्यकार सूर्य लाकोजूका मुक्तक, कविता, निबन्ध, हाइकु, नियात्रा, अनुसन्धान, अनुवाद कथा जस्ता विधाका करिब तीन दर्जन कृति र सोही सङ्ख्यामा सम्पादित कृति छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर