
युएई सगरमाथा साहित्य प्रतिष्ठानको महासचिबमा कवि डिएल घिमिरे चयन भएका छन् । प्रतिष्ठानको कार्यसमितिको २२औं बैठकले रिक्त रहेको महासचिव पदमा घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
महासचिव डिजी शर्माले राजिनामा दिएपछि प्रतिष्ठानको महासचिव पद रिक्त रहेको थियो । युएईमा कार्यरत घिमिरे यसअघि प्रतिष्ठानको सचिव थिए । बैठकले निवर्तमान महासचिव डिजी शर्माको राजीनामा स्वीकृत गर्दै उनले प्रतिष्ठानमा रहँदा पुर्याएको योगदानको कदर गर्दै धन्यवाद ज्ञापन गरेको छ ।
यस्तै, सचिवलाई महासचिवमा पदोन्नति गरिएपछि रिक्त रहेको सचिव पदमा यसअघि सहसचिवमा कार्यरत सुजन सिरेन चाङ्वाङ् चयन भएका छन् । युएईमा केन्द्रीय कार्यालय रहेको प्रतिष्ठानको अध्यक्षमा संस्थाको २१ औँ बैठकले यसअघि नै कवि अजित उत्सवलाई चयन गरिसकेको छ ।
प्रतिक्रिया
-
४
-
१०