काठमाडौँ – टेलरवाली निशा रणपाल र साहित्यकार कवि र गजलकार अमन एकलको आवाजलमा ‘पानीसँगै असिना’ बोलको गीत सार्वजनिक भएको छ ।

पछिल्लो समय भाइरल भइरहेकी सुमधुर आवाजकी धनी टेलरवाली रणपाल र साहित्यका विविध विधामा कलम चलाउनुहुने कवि तथा गजलकार अमन एकल (राम कृष्ण पाण्डे)को स्वरमा उक्त गीत सार्वजनिक भएको हो ।

राम शरण पाण्डेको लयमा अमन एकल र केशब अधिकारी शब्द रहेको सो गीत रसुवा र नुवाकोटलाई जोडेर सिर्जना गरिएको छ ।

नारायण दङ्गलले एरेन्ज रहेको सो गीतमा रामशरण पाण्डे, अन्जु सुनार र केशब अधिकारी, निशा रणपाल र हरि प्रसाद न्यौपाने (सुगम), सुस्मिता तामाङको अभिनय देख्न सकिन्छ । गीत रसुवा, नुवाकोट र काठमाडौँको विभिन्न स्थानमा छायांकन गरिएको छ । दिनेश मुस्कानले छायांकन तथा निर्देशन गरेका छन् ।

मालाश्री स्टुडियोमा रेकर्डिङ गरिएको उक्त गीतलाई खरो मिडियामार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर