काठमाडौँ – विश्व नेपाली साहित्य महासंघ नेपाल बागमती शाखाले जनार्दन अधिकारी ‘धड्कन’को अध्यक्षतामा काठमाडौँ जिल्ला शाखा गठनको घोषणा गरेको छ । डा. घनश्याम परिश्रमीको प्रमुख आतिथ्यतामा सम्पन्न भर्चुअल कार्यक्रममा काठमाडौा शाखा गठन गरिएको हो ।

धड्कनको नेतृत्वमा गठन भएको काठमाडौ शाखाको उपाध्यक्षमा महेश राज खरेल, सचिवमा चुडा निर्भिक र सरस्वती पाण्डे सरस रहेका छन् भने सदस्यहरूमा उत्तम भेटवाल, नरेन्द्र कुमार नगरकोटी, रमा वली, सुधा बास्कोटा ढकाल, सीता घिमिरे, सुस्मिता श्रेष्ठ, सबिता श्रेष्ठ बेहोसी, सुधा मिश्र झा, वर्षा बन्दना, सीता पाण्डे, शैलेन्द्र कुमार शाह, सुरेश चन्द्र घिमिरे, सविता खत्री, निशा धमला, सुजाता अर्याल र बिनोद खत्री आकाश रहेका छन् ।

प्रदेशका सचिव माधव बिडारीका अनुसार काठमाडौँ जिल्ला समितिका सल्लाहकारहरूमा वरिष्ठ कवि शैलेन्द्र साकार, डा बेन्जु शर्मा, उन्नती बोहरा शिला, बिश्वबिमोहन श्रेष्ठ, भिष्म उप्रेती, बिना थिङ्ग तामाङ्ग, चन्द्र रानाहाँछ मनोनित भएका छ्न्।

उक्त अवसरमा प्रमुख अतिथि डा परिश्रमीले काठमाडौँ जिल्ला कार्यसमितिलाई बधाइ दिदै साहित्यको उन्नति र विस्तारमा राम्रो भुमिका खेल्न सकोस् भन्दै आफ्नो गजल वाचन गरेका थिए ।

विश्व नेपाली साहित्य महासंघका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले काठमाडौं जिल्ला समितिलाई बधाइ दिदैं खुशी व्यक्त गरे।

त्यस्तै केन्द्रीय महासचिव सुनिता कङ्गदङ्वा राईले बागमती प्रदेशले छोटो अवधिमै काठमाडौं जिल्ला समिती गठन गर्न सकेकोमा बधाइ दिदै नेपाल शाखाका अध्यक्षले यसमा गरेको सहयोग प्रति धन्यवाद दिइन्।

केन्द्रीय समितिले नेपाली साहित्यलाई अंग्रेजी, रसियन, बंगाली, हिन्दी भाषामापुस्तकाकार रूपमा अनुवाद गरेर विश्व समक्ष प्रस्तुत गरिसकेको र भविष्यमा अन्य भाषामा समेत प्रकाशित गर्दै जाने बताइन्।

नेपालका सल्लाहकार मणिराज सिंहले बागमती प्रदेश शाखालाई बधार्इ दिदै नयाँ कार्यसमितिका अध्यक्ष जनार्दन अधिकारी धड्कन र उनको सम्पूर्ण टिमले काठमाडौँमा नियमित र स्तरीय कार्यक्रम गर्दै विश्व नेपाली साहित्य महासंघलाई सफलतापूर्वक हाक्ने कुरामा आशावादी भएको कुरा व्यक्त गरे ।

अर्का सल्लाहकार ऋषिराम सापकोटाले काठमाडौं जिल्लाप्रति शुभकामना व्यक्त गर्दै सक्दो सहयोग गर्ने जनाए। केन्द्रीय कोषाध्यक्ष के बि पौडेल तथा बेलायतबाट बिजय थेबेले समेत बधाइ ज्ञापन गरे ।

काठमाडौं शाखाका नव निर्वाचित अध्यक्ष जनार्दन अधिकारी धड्कनले बागमती प्रदेश र नेपाल शाखाले बिश्वास गरेर दिएको जिम्मेवारी सक्दो पूरा गर्ने प्रतिवधता व्यक्त गर्दै केन्द्रको पनि निर्देशन र सहयोग पाइरहने कुरामा आशावादी रहेको बताए। नवनिर्वाचित सचिव चुडा निर्भीकले नेपाल शाखा र बागमती प्रदेशले हामी प्रति देखाएको विश्वासमा मेरो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबधता जनाए।

सो अवसरमा आयोजित सिर्जना सुन्ने सुनाउने कार्यक्रममा भर्चुअल माध्यमबाट डा बमबहादुर जीताली, सुनिता राई कङ्गदङ्वा, कल्पना पौडेल जिज्ञासु, ऋषिराम पौडेल, मणिराज सिंह, सीता बिष्ट कार्की, गंगा आचार्य सापकोटा, बिजय थेबे, पूर्णिमा प्रतिबिम्ब, माधव बिडारी, संगीता ठाकुर, जनार्दन अधिकारी धड्कन ,उत्तम भेटवाल, सुधा मिश्र झा, सुधा बास्कोटा ढकाल, रेणु घिमिरे,कृष्ण के सी, गंगाराम , द्वारिका कुइकेल, रश्मि रिमाल, वर्षा बन्दना, सीता पाण्डे, सीता घिमिरे, चुडा निर्भिक, सुरेश घिमिरे लगायतले कविता वाचन गरि कार्यक्रममा रोचकता थपेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर