
काठमाडौँ / सरकारले प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व. विश्वेश्वरप्रसाद कोइरालाको नाममा स्थापना गरेको ‘बीपी कोइराला राष्ट्रिय पुरस्कार’ डा. विष्णुविभु घिमिरे र डा. ध्रुवचन्द्र गौतमलाई प्रदान गरिने भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले साहित्यिक विधामा काव्यतर्फ घिमिरे र आख्यानतर्फ गौतमलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
कवितामा दशकौँदेखि महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका घिमिरे नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति समेत हुन् । त्यस्तै, गौतमले नेपाली आख्यानमा उल्लेखनीय योगदान पुर्याएका छन् ।
सरकारले घिमिरे र गौतमका साथै राजनीतिक दर्शनतर्फ बीपी संग्रहालय सुन्दरीजल र साहित्यकार पुरुषोत्तम बस्नेतलाई पनि सो पुरस्कार प्रदान गरिने घोषणा गरेको छ । जना हाल काठमाडौंमा बसोबास गरिरहेका छन् ।
सरकारले यसै वर्षदेखि लागू हुने गरी बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गरेको थियो ।
यस्तै बस्नेत सोलुखुम्बु, घिमिरे झापा र गौतम पर्साका श्रष्टा हुन् ।
प्रतिक्रिया
-
४
-
१०