काठमाडौँ – गजलकारको रूपमा परिचित सर्जक सुमन स्मारिकाको शब्दमा ‘ए माया’ बोलको गीत सार्वजनिक भएको छ । संगीतकार दिपकराज विश्वकर्माको संगीत र जीवन परिवेशको आवाजमा उक्त गीतको भिडियो सार्वजनिक भएको हो ।
‘जीवन परिवेश अफिसियल’ युटुब च्यानलमार्फत सार्वजनिक भएको सो गीतको भिडियोमा सञ्चारकर्मी नरेश भट्टराई र उषा उप्रेतीको अभिनय देख्न सकिनेछ ।
युवराज वाईबा निर्देशित भिडियोलार्इ निसल पौडेलले खिचेका छन् भने विकाश दाहालले सम्पादन गरेका छन्।
स्टुडियो अडियो ल्याबमा तयार पारिएको गीतमा संगीतकार विश्वकर्माले संगीतका साथै एरेन्ज र मिक्सिङ्ग पनि गरेका छन् । गीतमा रत्न बि.क.ले बाँसुरी र लोकप्रिय गीतारिस्ट सञ्जीव बराइली को गितार सुन्न सकिन्छ ।
प्राविधिक सल्लाहकार राजेन्द्र अर्याल र कविन खड्काले मेकअप गरेका छन्। ‘कपुरी क’ को निर्माण रहेको भिडियोमा सुजन खतिवडाले सहनिर्देशनको जिम्मेवारी पूरा गरेका छन् ।
प्रतिक्रिया
-
४
