काठमाडौं – नायिका केकी अधिकारीले विवाह गरेकी छन् । सिमित पारिवारिक सदस्य र साथीहरूको सानो जमघटमा उनले गुपचुप विवाह गरेको पारिवारीक एक स्रोतले बताएको छ ।

बाहिर हल्ला नगरी विवाह गरिएको कारण केकीको विवाह कोसँग भएको भन्ने बारेमा स्रोतले बताउन चाहेन । तर केही दसनम‌ केकीले समाजिक सञ्जालमा आफैँ बताउने जिकिर स्रोतको छ ।

केकी केही समयदेखि एक युवकसँगको प्रेममा थिइन् । मिडियाले उनीसँग उनको प्रेमका बारेमा बताउन आग्रह गरेपनि उनले आफ्नो प्रेमलाई लुकाउँदै आएकी थिइन् ।

केकीकी मिल्ने साथी मध्येकी एक नायिकाका अनुसार विवाह गोप्य रूपमा गर्ने योजना पहिल्यै देखि भएकाले उनले त्यही गरेको बताईन् ।

‘एकैचोटि विवाहको फोटो बाहिर आयो भने चित्त नदुखाउनु,’ ती नायिकाले केकीको विवाहको फोटोलाई ईगीत गर्दै बताईन् ।

(नेपाल प्रेसबाट)

प्रतिक्रिया

सम्बन्धित खवर