काठमाडौँ – दुई प्रेमीको प्रेम कथामा आधारित म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार विष्णु विरही श्रेष्ठको शब्दमा रहेको ‘मुटुको ढुकढुकी’ नामक म्युजिक भिडियो सार्वजनिक भएको हो । ध्रुव विश्कोको सङ्गीत रहेको गीतमा बिनी श्रेष्ठ र ध्रुव विश्कोको सुमधुर आवाज सुन्न सकिन्छ ।
गीतको एरेञ्जर नरेन्द्र वियोगीले गरेका छन् भने प्रिन्स विश्वकर्मा र विनी श्रेष्ठको अभिनय रहेको छ । ध्रुव विश्कोले निर्देशन गरेको म्युजिक भिडियोलाई बुध थापाले खिचेका छन् भने समीर कार्कीेले रेकर्ड र दिन्सन शाहले सम्पादन गरेका छन् ।
प्रतिक्रिया
-
४
