काठमाडौँ – नेपाली लेखक संघको सातौं औं महाधिवेशन सम्पन्न भएको छ । अध्यक्षमा साहित्यकार तीर्थ श्रेष्ठलाई सर्वसम्मत रूपमा चयन गर्दै शुक्रबारदेखि पोखरामा शुरू भएको महाधिवेशन शनिबार सकिएको हो ।

महाधिवेशनले दुई कार्यकालअघि संघको उपाध्यक्षको जिम्मेवारी निर्वाह गरेका श्रेष्ठलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । पोखरामा रहेर साहित्यकर्म गरिरहेका श्रेष्ठ संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक सदस्य सचिवसमेत हुन् ।

पदाधिकारी पदमा अध्यक्ष र कोषाध्यक्ष पदमा सर्वसम्मत जुटे पनि बाँकी पदका शनिबार गरिएको निर्वाचनमा सह-अध्यक्षमा डा रत्नमणि नेपाल, उपाध्यक्षमा डा. शैलेन्दुप्रकाश नेपाल , उपाध्यक्षमा सन्ध्या पहाडी, महासचिवमा सोझो गाउँले, उप-महासचिवमा बाबु कार्की (उदास), सचिवमा अनुपमा रेग्मी र गणेश शर्मा विजयी बनेका छन् । यसअघि कोषाध्यक्ष पदका लागि दामु मर्सिफुल सर्वसम्मत चयन भइसकेका छन् ।

संघको उपाध्यक्षमा साहित्यका रामलाल जोशी र रत्नमणि नेपाल, उपाध्यक्ष (खुला)मा डा शैलेन्द्रप्रकाश नेपाल र रामेश्वर राउत ‘मातृदास’, उपाध्यक्ष (महिला)मा डा रेनु थापा ‘सालु’ र सन्ध्या पहाडीबीच प्रतिस्पर्धा भएको थियो ।

महासचिवका लागि भने साहित्यकार घनेन्द्र ओझा, सोझो गाउँले र मनोज न्यौपानेबीच प्रतिस्पर्धा भएको थियो भने उपमहासचिवमा बलराम दाहाल र श्रीबाबु कार्की ‘उदास’ र सचिव ९महिला०तर्फ शशी थापा पण्डित र अनुपमा रेग्मीबीच प्रतिस्पर्धा भएको थियो । यसैगरी सचिव खुलातर्फ हेम प्रभास, मुरारी दुलाल र गणेश शर्माले उम्मेदवारी दिएका थिए ।

यसैगरी सदस्यहरूमा सुरेन्द्र अस्तफल, निर्मला कोइराला, नारायण सापकोटा, ह्याग्रीव आचार्य, प्रकाश विमिल, युवराज डि. सी., डा. विष्णुबहादुर के.सी., गोपाल अश्क, भीष्म काफ्ले, गौकुमारी न्यौपाने , महेन्द्र वाग्ले, बाबुराम चालिसे, राधिका गुरागाईँ, सरस्वती पन्त, ॠचा लुइटेल, अमृता स्मृति, सरस्वती शर्मा जिज्ञासु, अन्जना पौडेल, जीवन आचार्य, कुमार दाहाल, भगवती खनाल, वासुदेव जम्मरकट्टेल, विष्णुबहादुर दौलाल र महेन्द्रचन्द महासागर निर्वाचित भएका छन् ।

खुला सदस्य १० जना, सदस्य (भूगोल) प्रत्येक प्रदेशबाट ७ जना, महिला सदस्य ५ जना, सदस्य (आरक्षित) ५ जना गरी कुल ३६ सदस्यीय कार्यसमितिमध्येमा आरक्षित सदस्य र भूगोलतर्फ ६ प्रदेशबाट निर्विरोध भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर