दाङ – कवि शरद पोख्रेलद्वारा लिखित कविता सङ्ग्रह
‘मरूभूमिमा डुङ्गा”को लोकार्पण गरिएको छ । शनिबार राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा घोराहीमा ‘मरूभूमिमा डुङ्गा” कविता सङ्ग्रहकाे लोकार्पण गरिएको हो ।

राप्ती साहित्य परिषद दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् साहित्य परिषद्का निवर्तमान केन्द्रीय अध्यक्ष पुरूषाेत्तम खनालकाे प्रमुख अतिथ्यता तथा प्रगतिशील लेखक संघका केन्द्रीय सल्लाहकार पदमप्रसाद शर्मा र राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टिकाराम उदासीकाे विशिष्ट अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा साहित्यकार यज्ञबहादुर डाँगीले “मरूभूमिमा डुङ्गा” कविता सङ्ग्रहको समीक्षा गरे ।

कार्यक्रममा प्रमुख अतिथि पुरूषाेत्तम खनाल, विशिष्ट अतिथि पद्मप्रसाद शर्मा र टिकाराम उदासी अतिथि लेखक संघ दाङका अध्यक्ष खगराज न्याैपाने, नेपाल पत्रकार महासंघका अध्यक्षका दुर्गालाल केसीले शुभकामना ब्यक्त गरे ।

कार्यक्रममा स्रष्टाले अाफ्नाे भनाई सहित कविता वाचन गरे । राप्ती साहित्य परिषद जिल्ला शाखा दाङका उपाध्यक्ष शारदा शर्माको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रममा सचिव प्रकाश केसीले सहजीकरण गरेका थिए ।

सङ्ग्रहमा सम्बन्ध र समवेदना,देश र दृष्टि, आवरण र पर्यावरण गरी तीन खण्डमा पचपन्न कविताहरू छन् । सङ्ग्रहलाई शिखा बुक्सले बजारमा ल्याएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर