सप्तरी – दक्ष- जनशक्ति उत्पादनमा सहयोग पुर्याउने उद्देश्यले ‘डिट्रोइट म्याराथुन २०२० र एशोसिएशन अफ नेप्लिइज मिडवेस्ट अमेरिका’ अन्माले सप्तरी र सिरहाका तीन विद्यालयका लागि आज ६० थान कम्प्युटर, तीन थान प्रिन्टर र तीन थान प्रोजेक्टर प्रदान गरेको छ ।

अन्माले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ कोइलाडीस्थित राजेन्द्रदेवकी माध्यमिक विद्यालय तथा सिरहाको जनता चेथरु जितेन माध्यमिक विद्यालय कविलासी र जनता माध्यमिक विद्यालय सुखिपुरलाई २०÷२० थान कम्प्युटर, १÷१ थान प्रिन्टर र प्रोजेक्टर प्रदान गरेको हो । विद्यार्थीलाई सूचना प्रविधिमा पहुँच पु¥याइ दक्षजनशक्ति उत्पादनमा सहयोग पु¥याउने उद्देश्यले तीनवटै विद्यालयमा उक्त सामग्री हस्तान्तरण गर्दै कम्प्युटर ल्याबको उद्घाटन गरिएको छ ।

हाल अमेरिका बस्दै आउनुभएका तेह्रथुमका डा ओमप्रसाद दहालले शुरु गर्नुभएको अन्माको सहकार्यमा विश्वका विभिन्न देशमा बसोबास गर्दै आएका नेपालीसहितका व्यक्तिको सहयोगमा विद्यालयलाई कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर प्रदान गरिएको अन्माका प्रतिनिधि कुन्दन शर्मा मिश्रले जानकारी दिनुभयो । तिलाठी कोइलाडीस्थित विद्यालयमा आयोजित हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह र अन्मा प्रतिनिधि मिश्रले संयुक्त रूपमा कम्प्युटर ल्याबको उद्घाटन गर्नुभयो ।

कम्प्युटर ल्याबको स्थापनाले सूचना प्रविधिमा विद्यार्थीको पहुँच पुग्ने अध्यक्ष सिंहले बताउनुभयो । कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका कार्यक्रम अधिकृत राजेशकुमार झा, अन्माका प्रतिनिधि ई सुरेन्द्रकुमार साह, नेत्रप्रसाद गुरागार्इं, विद्यालयका प्रधानाध्यापक दीपेन्द्र झासहितकाले कम्प्युटर ल्याबले बालबालिकाको शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा आन्माका प्रतिनिधिलाई विद्यालयले सम्मान प्रदान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर