एक्जिटो एजुकेसन, अष्ट्रेलियाको आयोजना, एक्जिटो इभेन्ट्सको ब्यबस्थापन तथा अनुजा मिडिया नेपालको सम्योजनमा सिङ्गापुरमा सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान दिएका ३३ जना स्कुल सन्चालक तथा स्कुलहरुलाई ‘एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३’ द्वारा सम्मानित गरेको छ ।

सिङ्गापुर तथा मलेसियामा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि रहेका लिंकन युनिभर्सिटीका कुलपति प्रोफेसर दातुक डाक्टर हज्जा बीबी फेलिरना अब्दुलहा र एक्जिटो एजुकेसनका संस्थापक निर्देशक सचेत वीदीजनले संयुक्त रुपमा अवार्ड प्रदान गरेका हुन् ।

कार्यक्रममा नेपालभरिबाट छनोटमा परेका विभिन्न विद्यालय/ कलेज, एवंम् स्कुल/ कलेज सन्चालक प्रिन्सिपलहरुले शिक्षा क्षेत्रको विकासमा पुर्याएको विशिष्ट योगदानलाई कदर गर्दै उक्त अन्तरराष्ट्रिय अवार्ड प्रदान गरेको हो ।

कार्यक्रममा एभरेष्ट ईंग्लिश स्कुल भक्तपुरका प्रिन्सिपल भक्त राजभण्डारीलाई पांच दशक लामो योगदानको कदर स्वरुप ‘लाईफटाईम अचिवमेन्ट अवार्ड’द्वारा सम्मानित गरियो । त्यसैगरी समृद्धी स्कुल तथा कलेजका प्रिन्सिपल नरेश प्रसाद श्रेष्ठलाई ‘मोस्ट इन्नोभेटिव प्रिन्सिपल अफ द इयर अवार्ड’ , नवरत्न ईंग्लिश स्कुल भक्तपुरका प्रिन्सिपल सुरेन्द्र तुबन्जा श्रेष्ठलाई ‘मोस्ट इन्नोभेटिव एडुकेसनिस्ट अफ द इयर अवार्ड’, अमर आदर्श बोर्डिङ स्कूलका सञ्चालक अध्यक्ष विजयराज पन्तलाई डाइनामिक एजुकेसन लिडर अवार्ड, रामजानकी स्कुल बाँकेका दिनेश सिग्देललाई ‘एजुकेसन पायोनियर अवार्ड’, अरनिको आवासिय सेकेण्डरी स्कुल/ कलेज बिराट्नगरबाट राजेश कार्कीलाई ‘बेस्ट +२ कलेज अवार्ड’, केल्पाल हस्पिटल एन्ड कलेजबाट रेबती सिंहलाई ‘बेस्ट टेकनिकल कलेज अवार्ड’ र कैलाली मोडेल सेकेण्डरी स्कुलबाट तपेन्द्र बहादुर सिंहलाई ‘इन्नोभेटिव +२ कलेज अवार्ड’ प्रदान गरिएको थियो ।

त्यस्तै ‘बेस्ट स्कुल अवार्ड’ नाइटीङगेल सेकेण्डरी स्कुल ललितपुरबाट रन्जना प्रधान र ‘बेस्ट प्रिन्सिपल अवार्ड’ एबिसि स्कुल, नेपालगन्जकि प्रिन्सिपल शशी श्वार् ले प्राप्त गरे ।त्यसैगरी ज्सिद्धपाइला ईंग्लिश मिडियम सेकेण्डरी स्कुल, सुर्खेतका प्रिन्सिपल नैन सिंह खत्रीले ‘इन्नोभेटिव प्रिन्सिपल अवार्ड’ हात पार्दा ‘इन्नोभेटिव स्कुल अवार्ड’ कपिलवस्तुको हथौसा लिटल स्टार स्कुलबाट सुन्दर पान्डे प्राप्त गरे ।

एक्जिटो एजुकेसनका निर्देशक सचेत वीदीजनले एक्जिटोले सर्वे गरेका लगभग ५०० बिद्यालयहरु मध्येबाट ३३ वटा बिद्यालय तथा बिद्यालय सन्चालकहरुलाई शिक्षा क्षेत्रको विकासमा उलेख्य योगदान पुर्याएका ३३ वटा स्कुल / कलेज तथा स्कुल सन्चालकहरुलाई छनोट गरी सम्मान गरिएको बताए । सोहि कार्यक्रममा एक्जिटो
इभेन्ट्सका संचालक ह्यारिसन मेरिगनले आफ्ना हजुरबुवा जेफ्रि हपले स्थापना गरेका ‘अवार्डस् अस्टेलिया’ तथा ‘न्युजिल्यान्डर अफ् द एयर’ बाट प्रभावित भई नेपालको शिक्षा प्रणालिमा उल्लेख्य योगदान दिएका शैक्षिक संस्था एवंम ब्यक्तिहरुलाई सम्मानित गर्न पाउदा गौरवान्वीत महसुस गरेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर