काठमाण्डौ – दृष्टिबिहिन भएका व्यक्तिहरुलाई शिक्षामा पहुँच पु्याउने कार्यक्रम अन्तर्गत श्रव्य पुस्तक उत्पादन तथा बितरण कार्यक्रम सहीद स्मारक कलेज कीर्तिपुरमा सम्पन्न भएको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालय सिंहदरबार, काठमाण्डौ आ.व.२०७९÷८० को अनुदान सहयोग र काठमाण्डौ महानगरपालिकाको कार्यालय काठमाण्डौको समन्वयमा र श्रब्य पुस्तकालय तथा श्रोत केन्द्र नेपालको अयोजनामा दृष्टिबिहिन भएका व्यक्तिहरुलाई शिक्षामा पहूँच पु्याउन उक्त कार्यक्रम भएको आयोजकले जनाएको छ ।

कार्यक्रममा ५० जना दृष्टिविहिन भएका बिद्यार्थीहरुलाई शिक्षक सेवा आयोग, कक्षा ११ देखि स्नातकोत्तर तहसम्मका पाठ्यपुस्तकहरुका साथै अन्य सन्दर्भ सामग्रीहरुसहित १६५ थान श्रव्य पुस्तकहरु र पेनड्राइभ, पेनड्राइभरिडर वितरण ग¥यो । संस्थका अध्यक्ष रमेश वावु तिवारीको सभापतित्वमा र कीर्तिपुर नगरपालिकाको नगर सदस्य राज्यलक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा श्रेष्ठले आगामी दिनमा पनि नगरपालिकाको श्रोत साधनले भ्याएसम्म संस्थालाई सहयोग गर्दै जाने र यस संस्थाले दृष्टिविहिन भएका व्यक्तिहरुलाई लक्षित गर्दै यस्ता कार्यक्रमहरु गर्दै आएकोमा खुसी व्यक्त गरे ।

उक्त कार्यक्रममा संस्थका उपाध्यक्ष कोपिला गुरुङ, महासचिव सुदिप रैला, कोषाध्यक्ष बालकृष्ण उप्रेती, सदस्य बिष्नु कुमारी पोखरेल र ५० जना दृष्टिविहिन लगायत विभिन्न क्षेत्रका अपांगता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा संस्थाका कोषाध्यक्ष बालकृष्ण उप्रेतीले स्वागत मन्तव्य राख्नु भएको थियो भने संस्थका महासचिव सुदिप रैलाले संस्थाको गतिविधि र आगामी कार्यक्रमकमका सम्बन्धमा प्रकाश पार्दै दिन प्रतिदिन दृष्टिविहिनहरुको ठूलो संख्या अध्ययनको क्षेत्रमा प्रवेश गरिरहेका र उक्त वर्गलाई लक्षित गरी उनीहरु मैत्री पुस्तकालयको व्यवस्थालाई ध्यान दिई श्रब्य पुस्तकालयको स्थापना गरिएको र देशभरका दृष्टिविहिनहरु लाभान्वित हुँदै आएको कुरा बताए ।

त्यसैगरी संस्थाका सदस्य तथा आर आर क्याम्पसका प्रा.डा. गोबिन्द प्रसाद आचार्यले संस्थाले हजारौं दृष्टिविहिन भएका व्यक्तिहरुलाई शिक्षामा पहुँच पु्याउने कार्यक्रम गर्दै आएकोमा जनशक्ति र भवन अभावका कारण सोचे जस्तो प्रभावकारी ढंगले काम गर्न नसकेको गुनासो व्यक्त गरे ।

साथै, बृहतरुपले श्रब्य पुस्तक उत्पादन गरी देशभरका दृष्टिबिहिन भएका ब्यक्तिहरुलाई उपलव्ध गराउने लक्ष्य राखेको बताए ।

कार्यक्रममा जनजागृति माध्यमिक विद्यालयका शिक्षक रामप्रकास ठाकुरले संस्थाले हजारौं दृष्टिबिहिन भएका व्यक्तिहरुलाई शिक्षामा पहुँच पु¥याउने कार्यक्रम गर्दै आएको कुरामा खुसी व्यक्त गर्दै आगामि दिनमा पनि यस कार्यक्रमलाई निरन्तरता दिनको लागी आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरि नमुना मच्छिन्द्र मा.वि.लगनखेलका दृष्टिविहिन शिक्षिका चिरीमायाँ महर्जनले संस्थाको योगदानबाट आफु पनि रोजगारी प्राप्त गरी आत्मनिर्भर भएकोमा खुसी व्यक्त गर्दै आगामि दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनका लागी सम्बन्धित निकायमा पहल गर्न साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रम संस्थाका अध्यक्ष रमेश वावु तिवारीले बिगत २ दशकदेखि दृष्टिविहिन भएका व्यक्तिहरुको शिक्षमा पहुँच पु¥याउने कार्यक्रममा सरिक हुँदै आएको र यसमा स्थानीय निकाय तथा सरोकारवाला निकायहरुले यस बिषयमा खासै चासो नदिएका कारण दृष्टिबिहिन भएका व्यक्तिहरुले बिना अबरोध अध्ययन गर्न पाउने अधिकारबाट बञ्चित भएको स्थितीमा महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालयले यस आ.व. २०७९÷८० मा रकम बिनियोजन गरेकोमा खुसी व्यक्त गर्दै आगामि दिनमा यस कार्यक्रमलाई निरन्तरताको अपेक्षा व्यक्त गरे ।

यस्ता कार्यक्रमलाई सहयोग र प्रोत्सहान गरेमा तिनीहरुलाई विभिन्न बिधाका श्रव्य पुस्तकहरु उत्पादन तथा वितरण गरी उनीहरुको शिक्षा हाँसिल गर्न पाउने अधिकारको सुनिश्चत हुने छ भन्ने कुरा व्यक्त गर्दै कार्यक्रम समापन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर