काभ्रे – भुम्लु गाउँपालिमा भएको वक्तृत्वकला प्रतियोगितामा करुण राज गिरी प्रथम भएका छन् । असोज २ गते भुम्लु शिक्षा शाखाले शैक्षिक पात्रोमा उल्लेख भए बमोजिम आयोजना गरेको उक्त प्रतियोगितामा सेतीदेवी माध्यामिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत गिरी प्रथम भएका हुन् ।

त्यस्तै, वनदेवी माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र राजिब भण्डारी द्वितीय र सेती देवी माध्यामिक विद्यालय काभ्रेमा कक्षा ९ मा अध्ययनरत छात्रा सविना महत तृतीय भएकी छिन्। प्रतियोगितामा भुम्लुका १० ओटा माध्यामिक विद्यालयहरूको सहभागिता रहेको थियो ।

वक्तृत्वकलाको शीर्षक ‘दिगो विकासको लागि बालमैत्री संविधान’ रहेको थियो । बिजेताहरूलाई गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेल र शिक्षा शाखाका कर्मचारी प्रेम पुरीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर