काठमाडौं – कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने भएको छ । राष्ट्रिय परिक्षा बोर्डको मंगलबार बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

पभदौ ९ गतेसम्म हुने परिक्षामा विद्यार्थीले सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै परिक्षा दिन पाउनेछन् ।परीक्षा अवधिमा गाइजात्रा र जनैपूर्णिमाको दिन बिदा दिएर शनिबार पनि परीक्षा सञ्चालन गरिने बताईएको छ ।

यसअघि जेठ कक्षा १२को परिक्षा जेठ २६ गते तय भएको थियो तर दोस्रो लहरको कोरोना संक्रमण तीव्र गतिमा फैलन थालेपछि स्थगित गरिएको थियो । यस पटक तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले यो पटक १२ को परिक्षा १०० पूर्णाङ्ककै गराउने तयारी गरेको छ । गत वर्षको मूल्यांकन पद्धति प्रभावकारी नदेखिएको भन्दै यो वर्ष १०० पूर्णाङ्ककै परीक्षा गराउने तयारी गरेको बोर्डले गरेको छ ।

बोर्डले गतवर्ष परीक्षा समय र अंक भार घटाएर परीक्षा लिएको थियो । बोर्डले ४० प्रतिशत मूल्यांकनका लागि मात्रै परीक्षा लिएको थियो । बाँकी ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा गरेको थियो । तर उक्त कार्य उत्ति प्रभावकारी नभएको बोर्डको ठहर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर