काठमाडौँ – नेपालले आर्थिक वर्ष २०७७/०७८ मा विभिन्न १५ मुलुकबाट रु एक अर्ब ६५ करोड मूल्य बराबरका डाइपर आयात गरेको छ । विशेषगरी नवजात शिशु, शल्यक्रिया गरेका बिरामी,ज्येष्ठ नागरिक तथा लामो यात्रा गर्नेले मलमूत्र अन्यत्र नजाओस् भन्नाका लागि डाइपरको प्रयोग गर्दछन् ।

भन्सार विभागले प्रकाशन गरेको सो आवका प्रतिवेदनमा करिब रु १० करोड ५५ लाख थान डाइपर आयात भएको उल्लेख छ । सोही आवमा नेपालले सबैभन्दा धेरै भारतबाट रु एक अर्ब ५० करोड अर्थात् करिब १० करोड थान डाइपर आयात गरेको थियो ।

यसपछि भियतनामबाट रु ५० लाखका पाँच लाख २० हजार थान तथा पाकिस्तानबाट रु ३१ लाखका करिव १५ हजार थान आयात भएका प्रतिवेदनमा जनाइएको छ । नेपालले अन्य मलेशिया, थाइल्याण्ड, युनाइटेड स्टेट्स (यूएइ युनाइटेड स्टेट्स, टर्की, थाइल्याण्ड, हङकङ,सिङ्गापुर, र डेनमार्कबाट पनि डाइपर आयात गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर