रामेछाप – जिल्लाको खाँडादेवी गाउँपालिका ६ माकादुममा रहेको पर्यटन व्यावसायिक सहकारी संस्था लिमटेडको १३  औँ वार्षिक साधारण सभा गत २४ गते खाँडादेवी गाउँपालिकामा सम्पन्न भएको छ ।


संस्थाका अध्यक्ष नरबहादुर बुढाथोकीको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष केबी उप्रेतीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको थियो ।

संस्थाका सचिव गोपाल नेपालीले संस्थाको वाषिर्क प्रतिवेदन र कोषाध्यक्ष कमल महतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कोषाध्यक्ष महतले प्रस्तुत गरेको प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा संस्थाले संस्थाले ८ करोड ६५ लाख ८२ हजार भन्दा बढी ऋण लगानी गरी कुल ३२ लाख ९२ हजार रुपैँया नाफा कमाएको र संस्थाको जगेडा कोषमा ३६ लाख ९१ हजार रुपैँया रहेको जानकारी गराए । साधारणसभामा ११ करोड को ब्यालेन्स सिट र ६८ करोडको कारोबार रहेको जानकारी दिईयो । संस्थाले सभामा वृद्ध र असहायलाई रकम सहित सम्मान र असल बचत कर्ता असल ऋणीलाई सम्मान समेत गर्यो ।

पर्यटन व्यावसायिक सहकारीले  बचत  तथा ऋण लगानीका साथै ढुवानी सेवा, होम स्टे, खाद्यान्न उद्योग र खाद्यान्न सहकारी पसल लगायत सञ्चालन गर्दै सामाजिक सेवा प्रवाह गर्दै आइरहेको छ ।

कार्यक्रममा नेपाल पर्यटन केन्द्रीय सहकारी संघका लेखा सुपरिवेक्षण समितिका संयोजक तेजबहादुर बोहरा, संस्थाको पुर्वअध्यक्ष तथा वाग्मती प्रदेश सहकारी संघको शिक्षा तथा तालीम समिति सदस्य तथा सहकारी प्रशिक्षक रमेश केसी,स्थानीय जनप्रतिनिधि, सहकारीका सदस्य लगायतको सहभागिता रहेको थियाे ।

सहकारीमा ४ हजार भन्दा बढी शेयर सदस्य छन् ।

– राजन खत्री

प्रतिक्रिया

सम्बन्धित खवर