तमिलनाडुको राजधानी चेन्नईमा सात वर्षको बालकको मुखबाट ५२६ दाँत निकालिएको छ । डाक्टरको मान्यता छ कि यस्तो असामान्य दाँत पछाडिको आनुवंशिक गुण बाहेक मोबाइल टावरबाट उत्पन्न विकिरण पनि यसको एक कारण हुन सक्छ।

अब उक्त बच्चाको मुखमा २१ दाँत बाँकी छ। ७ वर्षका रवीन्द्रनाथको दायाँ गालामा धेरै वर्षदेखि सुन्निएको थियो ।

बुबा एस प्रभुदासले छोराको दाँत बिग्रने अनुमान गरेका थिए। तर जब उनले आफ्नो छोरा रवीन्द्रनाथलाई जँचाउन डेन्टिससमक्ष लगे, त्यहाँ ५२६ दाँत रहेको कुरा थाहा भयो।

ती डाक्टर आफैंले पनि त्यो रिपोर्ट देखेर छक्क परे। डाक्टर र परिवारसामु सबै भन्दा ठूलो चुनौती बच्चालाई शल्यक्रियाको लागि तयार गर्नु थियो। गत हप्ता शल्यक्रियापछि, रविन्द्रको मुखमा भएका सबै अतिरिक्त दाँतहरू हटाइए, उनको अब उप्रान्त मुखमा कुनै प्रकारको सूजन वा पीडा छैन। कुरा बुधवार मिडियामा सार्वजनिक गरिएको थियो ।

पाँच घण्टामा शल्यक्रिया
निजी अस्पतालका डाक्टरहरूले रविन्द्रमा शल्यक्रिया गर्न ५ घण्टा लागेको बताएका छन् । मेडिकल कलेजका डाक्टर सेन्थिलनाथनले बताए कि यो शल्य चिकित्साको क्षेत्रमा ठूलो उपलब्धी हो।

उनले शल्यक्रिया गर्नका लागि बङ्गारा नजिकको हड्डी भाँच्नुको सट्टा, माथिबाट ड्रिल गरेको बताए ।

राम्रो कुरा के हो भने रविन्द्रको बङ्गारा मर्मत गर्न केहि गर्न आवश्यक पर्दैन। डा. प्रतिभा रमानी, जो यस शल्य चिकित्सामा सहयोगी थिइन्, उनले भनिन् कि मानव अनुहारमा यति धेरै दाँत कहिल्यै देखेका छैनन्। उनले भने कि अहिले दाँत फेरि पाउने सम्भावना एकदम कम छ। यद्यपि दुबै डाक्टरहरूले यति धेरै दाँत हुनुको पछाडि कुनै स्पष्ट कारण दिन सकेनन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर