काठमाडौँ / नेपालको अग्रणी अनलाइन बजार दराजले भोलि साउन ३ गते आइतबार (१८ जुलाई ,२०२१) देखि दराज महाबचत बजार सुरु हुने घोषणा गरेको छ ।

दराजका अनुसार ग्राहकहरूका लागि बचत प्रवर्द्धन गर्ने मूख्य उद्देश्यले उक्त योजना शुरू गरिएको हो ।
अभियानको मुख्य आकर्षणहरू ४ हजार रुपैयाँसम्मको छुट, बैंक कार्ड वा आईएमई पे मार्फत अनलाइन प्रि–पेमेन्टमा २ हजार रुपैयाँसम्मको छुट रहेको छ ।

साथै रु. १ मा आई फोन १२ जित्ने मौका, बम्पर उपहारमा म्याक बुक प्रो १३ जित्ने मौका , निःशुल्क डेलिभारी, निःशुल्क भौचर साथै थुप्रै अरु पुरस्कार जित्ने मौका रहेको रहेको दराजले जानकारी दिएको छ ।

यस अभियानको लागि, नाबिल बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक र एनएमबी बैंकका कार्ड प्रयोगकर्ताहरूले प्रि–पेमेन्टमा आकर्षक छुटको लाभ लिन सक्नेछन् ।

यी बैंकका डेबिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत (१ हजार ५ सय रुपैयाँ)सम्मको छुट पाउनेछन् भने क्रेडिट कार्डप्रयोगकर्ताहरूले कार्ड प्रि–पेमेन्टमा २० प्रतिशत (२ हजार रुपैयाँ)सम्म छुट पाउनेछन् ।

यो अफर सिमित समयको लागि मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसैगरी, ग्राहकहरूले आफ्नो आईएमई पे खातामार्फत प्रि–पेमेन्ट गरेर मूल्य अझै कम गर्न पनि सक्ने दराजले जनाएको छ ।

आईएमई पेमार्फत भुक्तानी गरे ग्राहकहरूले आफ्नो सबै खरिदहरूमा २० प्रतिशत (रु १,००० सम्म) छुट पाउन सक्नेछन् । यसबाहेक, पहिलो पटक भिसा कार्ड मार्फत भुक्तानी गर्ने दराज ग्राहकहरूले २० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।
भिसा डेबिट कार्ड मार्फत प्रि–पेमेन्टी गरेमा १५ प्रतिशत (रु ५००)सम्म छुट र भिसा क्रेडिट कार्ड मार्फत पूर्व भुक्तानीमा २० प्रतिशत (रु ५००) छुट पाउन सक्नेछन् ।

दराज महाबचत बजारमा प्रदर्शित “खेल एक रुपैयाँ”मा भाग लिये ग्राहकहरूले रु १ लाख ३३ हजार रुपैयाँ मूल्यको आई फोन १२ र ५० हजार रुपैयाँको श्री बालाजी हिराको झुम्का जस्ता पुरस्कार केवल १ रुपैयाँमा जित्न सक्नेछन् ।

यसैगरी अरु अन्य पुरस्कार पनि उपलब्ध छन् । खेलमा भाग लिन ग्राहकहरूले बैंक कार्ड वा आफ्नो आईएमई पे खाता प्रयोग गरी १ रुपैयाँ भुक्तानी गर्न सक्दछन् । यदी जितेनन् भने रकम फिर्ता हुनेछ ।

दराज महाबचत बजारमा नयाँ सामसंग एफ २२ स्मार्टफोनको लन्च हुनेछ भने विभिन्न किसिमका उत्पादन कोटीहरूमा मूल्य कटौती पनि प्रदर्शन हुनेछ ।

शीर्ष राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरू जस्तै सुजुकी, सामसँग, पानासनिक, मोटोरोला, सीजी डिजिटल, एर्क, लोट्टो, टाइटन, गोल्डस्टार, मसला बीड्स, वाइल्डस्टोन, र मीमीले आफ्नो अन्य उत्पादनहरूमा विशेष छुट प्रदान गर्दैछन् ।

“७० हजारभन्दा बढी अर्डरको साथ दराज महाबचत बजारले गत वर्ष धेरै राम्रो प्रदर्शन गरेको थियो । यस वर्ष, ग्राहकहरूले अनलाइन पूर्व भुक्तान र आईएमई पेमार्फत अझ बढी बचत गर्न सक्नेछन् र

ग्राहकले ६ लाख भन्दा बढी उत्पादनहरू मद्दे छनौट गर्न सक्दछन् भने हाम्रो १० हजारभन्दा बढी विक्रेता र दराज आफैं पनि पूर्ण ग्राहक सन्तुष्टिको डेलिभर गर्न तयार छन् ।

यसैगरी हामी छुट, एफबी लाइभ भिडियो, प्रतियोगिता र प्रस्तावहरूको साथ एक रमाईलो अभियानको लागि आशा गरिरहेका छौं” – दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले भने “ग्राहक तथा कर्मचारीहरुको सुरक्षा सुनिश्चित गर्न, दराज अझै पनि सबैभन्दा राम्रो स्वच्छता अभ्यासहरू पछ्याउदै छ । त्यसैगरी, ग्राहकहरूलाई समान खरीद गर्न अघि सधँै उत्पादनको र विक्रेताको रेटिंग र रिभ्यु जाँच गर्न सल्लाह दिइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर