काठमाडौँ – राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको कमलविनायक शाखा सञ्चालनमा आएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शाखाको मंगलबार उद्घाटन गरे ।

कार्यक्रममा प्रमुख प्रजापतिले विसं २०२२ माघ १० गते स्थापना भएर नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालित राष्ट्रिय वाणिज्य बैंकले जनताको विश्वास जितेर जनउत्तरदायी र पारदर्शी ढङ्गले काम गर्ने विश्वास व्यक्त गर्दै देशको अर्थतन्त्र विकासका लागि बैंकले उपयोगी कदम चाल्दै जानुपर्ने बताए ।

बैंक तथा वित्तीय संस्था राज्य व्यवस्थाको स्नायु केन्द्रका रुपमा रहेको चर्चा गर्दै उनले लामो समयदेखि सिंहदरबारभित्र भारतीय लगानी रहेको बैंकले मात्रै कारोबार गर्दै आएकामा हाल पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमार्फत कारोबार सुरु हुनु सकारात्मक कदम भएको बताए । उनले विदेशी बैंकलाई पूर्णरुपमा छुट दिए देशका अन्य बैंक डुब्ने खतरा रहेको औँल्याए ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले नेपालका ७७ वटै जिल्लामा आफ्नो शाखा विस्तार गर्दै लाने उद्देश्य राखेको जनाउँदै नयाँ शाखा यहाँका जनतालाई सेवा दिन तल्लीन रहने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर