काठमाडौँ – नेपाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य बृद्धि गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै निगमले कात्तिक १२ को निर्णयअनुसार शुक्रबार मध्यरातदेखि लागू हुने गरी ग्यासदेखि सबै प्रकारको इन्धनको मूल्य बृद्धि गर्ने निर्णय गरेको हो ।
नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल र मट्टितेलको साविकको बिक्री मुल्यमा तीन रुपैयाँले बृद्धि गरिएको छ । जसअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ, डिजेल÷मट्टितेलको ११६ रुपैयाँ कायम भएको छ ।
यसैगरी हवाई इन्धनको मूल्य १० रुपैयाँले बढेको छ भने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँले बढेर १५०० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया
-
४
