काठमाडौँ / सिटी एक्सप्रेस मनी ट्रान्सफरले आज असार २७ गते १४ वसन्त पार गरी १५ औं बर्षमा प्रवेश गरेको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सकरात्मक र सबल हुँदै’ भन्ने मुल नाराका साथ १५औं बार्षिकोत्सव अहिलेको बिषम परिस्थिती लाई मध्य नजर गर्दै आफ्नै कार्यालय सिटी एक्स्प्रेस कम्प्लेक्स, कमलादीमा सानो समारोहबीच सम्पन्न गरेको छ ।

उक्त समारोहमा ‘न एति न उति सिधै लखपति’ योजनाको बिजेता साउदीमा कार्यरत जागेश्वर भुसकुलिया यादवकी धर्मपत्नी फुलमती कुमारीलाई रु. १० लाखको चेक हस्तान्तरण गरेको छ ।

साथै कार्यालयको आन्तरिक छनोट प्रक्रियाबाट यस आर्थिक बर्षमा उल्लेखनिय कार्य गरे बापत विभिन्न विभाग र तहका ३ उत्कृष्ट कर्मचारीहरुलाई पनि सम्मान गरेको छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजार भन्दा बढी भुक्तानी केन्द्रहरूमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर