काठमाडौँ – नेपाल चेम्बर अफ कमर्सले सरकारले ल्याएको प्रतिस्थापन विधेयक स्वागतयोग्य भएको बताएको छ ।

चेम्बरले प्रस्तावित बजेटले कोभिड–१९ बाट प्रभावित बनेको अर्थतन्त्र चलायमान बन्ने बताएको छ । यस्तै, चालू खर्च कटौती गरेर कोभिडविरुद्धको खोप किन्ने बजेटको योजना सकारात्मक भएको बताइएको छ ।

कोभिड–१९ को प्रभावबाट रोजगारी र आय आर्जन गुमाएका अनौपचारिक एवं सङ्गठित क्षेत्रमा रहेको अति विपन्न गरिबलाई राहत प्याकेजको घोषणा पनि स्वागतयोग्य भएको चेम्बरको भनाई छ ।

यसैगरी, पूर्वाधार क्षेत्रको विकासका लागि लगानीको श्रोत जुटाउन नयाँ ऋणपत्र जारी गरिने प्रस्तावलाई चेम्बरले सकारात्मक रूपले लिएको छ ।

यसका साथै, कृषि पशुबालीमा सरकारले दिएको प्राथमिकता समेत सकारात्मक भएको चेम्बरको भनाई छ । कृषिबाली तथा पशुबालीको दायरा विस्तार गर्न अनुदानमा वृद्धि गरी ८० प्रतिशत पुर्‍याउने र कृषि तथा पशुजन्य व्यवसायमा रहेको जोखिम न्यूनीकरण गरी कृषि क्षेत्रमा किसानहरूको आकर्षण वृद्धि गर्ने लक्ष्य बजेटको सकारात्मक रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर