काठमाडौँ – नेपालको अग्रणी अनलाइन बजार दराजले ग्राहकहरुको लागी अनलाइन शपिंग अझ सुविधाजनक बनाएको छ ।

आईएमई पेसँग साझेदारी गरी देशका बिभिन्न भागहरुमा नयाँ ड्रप अफ पोइन्ट्सहरु प्रारम्भको दराजले घोषणा गरेको छ । यस साझेदारीको माध्यमबाट, चयन आईएमई पे हब दराज ग्राहकहरुको लागी ड्रप अफ पोइन्ट्सको रूपमा कार्यमा आउने छ र सामान रिटर्नको लागि एक अधिक सुविधाजनक र परेशानी मुक्त उपाय प्रदान गर्नेछ ।

ग्राहकहरु अब केवल आफ्नो निकटतम आईएमई पे हबमा गएर कुनै पनि उत्पादनहरु सजिलैसंग फिर्ता गर्न सक्नेछन् ।

दराज जस्तै ई–वाणिज्य र आईएमई पे जस्तो फिनटेक कम्पनी बिच यस हिसाबको साझेदारी नेपालमा पहिलो पटक उत्पन्न भएको दराजले जनाएको छ । यस साझेदारीको उदेस्य भने ग्राहकहरुलाई अनलाईन डिजिटल प्लेटफर्मको प्रयोग गर्न अतिरिक्त कारणहरु पेश गर्नुको साथ साथै ई–वाणिज्य इकोसिस्टमलाई अझै माथि बढ्न मद्दत गर्नु पनि हो ।

दराजको हब बाहेक, ग्राहकहरु अब उपत्यका भित्र र बाहिर स्थित चयन आईएमई पे हबहरुमा गई आफ्नो प्याकेज फिर्ता गर्नको लागि छोड्न सक्नेछन् । कम्पनीका अनुसार काठमाडौँको बज्र सब रेमिट जोरपाटी र सिम्पल सब मनि ट्रान्सफर, ललितपुरको हेलो हाई कनेक्सन, जावलाखेल, बुद्ध चोक पोखराको पीबी ट्राभल्स एंड टुर्स, बिराटनगरको सामभावी ट्रेडर्स बैंक अफ काठमाडौँ र बीरगञ्जको भानुचोकस्थित नीऊ बीरगञ्ज मनि ट्रान्सफरमा सो सेवा उपलब्ध हुनेछ ।

यी ६ स्थानहरु संगै, थप १८ वटा स्थानहरु अर्को हप्ता भित्र खोलिने कम्पनीले जानकारी दिएको छ । यसैगरी, ग्राहकहरुले दराज एप मार्फत सामान फिर्ता गर्ने क्रममा दुई विकल्पहरुको चयन गर्न पाउने छन् ।

पहिलो विकल्प भने ग्राहकहरुले दराजको डेक्स राईडरलाई बोलाई आफ्नो सामान फिर्ता दिएर पठाउन सक्नुहुन्छ भने दोस्रो विकल्प इच्छुक ग्राहकहरु आफै ड्रप अफ पोईण्टमा गई सामान छोड्न सक्नुहुन्छ ।

यदि दोस्रो विकल्प छनौट गरि ड्रप अफ पोईण्टमा गए, ग्राहकहरुलाई फ्रन्ट डेस्क अपरेटरले सामान फिर्ता गर्ने प्रक्रियाहरुको सबै जानकारी दिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर