काठमाडौँ – सोमबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबार ९० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर ८९ हजार रुपैयाँमा झरेको हो ।

यो मूल्य ४ महिना यताकै सबैभन्दा सस्तो हो । गत चैत १९ गते सुनको भाउ प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी सोही परिमाणको तेजावी सुनलाई आज प्रतितोला ८८ हजार ५५० रुपैयाँ पर्नेछ ।

यता, चाँदीको मूल्यमा पनि प्रतितोला २५ रुपैयाँले घटेको महासंघले जनाएको छ । आइतबार प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर