
काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको भाउ प्रतितोला १५०० रुपैयाँ र चाँदी २५ रुपैयाँले घटेको हो ।
गत साता शुक्रबार प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन एकैपटक १ हजार ५०० रुपैयाँले घटेर ९० हजार रुपैयाँमा कारोबार हुनेछ । त्यस्तै, तेजावी सुन आज प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कारोबार हुनेछ ।
यता, चाँदीको भाउ पनि एकैपटक प्रतितोला २५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार २४० रुपैयाँमा कारोबार हुनेछ ।
प्रतिक्रिया
-
४