स्याङ्जा / पूर्वमन्त्री पद्माकुमारी अर्यालले कृषिबाटै देशको अर्थतन्त्र बलियो बनाउन सकिने बताएकी छन् ।

वालिङ नगरपालिका–२ मा रहेको जनकल्याण साना किसान कृषि सहकारी संस्थाले गरेको बाख्रा पवद्र्धन कार्यक्रममा पूर्वमन्त्री अर्यालले कृषिमा आधुनिकीकरण गर्दै व्यावसायिक कृषि कर्म गरेमा कृषकसँगै देशको अर्थतन्त्र माथि उठाउन सकिने बताइन् ।

उनले सबै वडा कृषि उपजमा आत्मनिर्भर बनाउन आफू कृषिमन्त्री हुँदा थुप्रै कार्यक्रम ल्याएको र ती कार्यक्रमलाई निरन्तरता दिनसके किसानको आयआर्जनमा वृद्धि हुने बताइन् ।

दूध, अण्डा, मासु र तरकारीजन्य वस्तु मात्र अर्बौँको आयात हुने गरेको अवस्थामा समूहमार्फत व्यावसायिक कृषि गर्दै आयातलाई रोक्नु अहिलेको आवश्यकता रहेको पूर्वमन्त्री अर्यालको भनाइ थियो ।

कृषकले माटो सुहाउँदो फलफूल तथा तरकारी नलगाएकै कारण कृषकको आम्दानीमा कमी आएको उनले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर