
– राजन खत्री
रामेछाप जिल्ला खाडादेबी गाउँपालीका ३ सित्खा बजारमा चार जना युवा मिलेर संयुक्त टमाटर खेती सुरु गरेका छन् ।
सित्खा बजारका स्थानिय युवा अक्षय कुमार खत्री, मझुवा निगालपानीका अशोक घिसिङ, अशोक लामा र रमेश लामाले संयुक्त रुपमा ३२ लाखको लगानी गरि फर्म तयार गरेर उत्पादन सुरु गरेका हुन् ।
१५ वर्षका लागि कुल ५० रोपनी जग्गा भाडामा लिएर उनीहरूले “मिलीजुली घोर्मा कृषि समुह” बनाई उक्त समुह मार्फत मिलीजुली कृषि तथा पशुपंछी फर्म सञ्चालनमा ल्याएका हुन् । फर्मबाट हाल उनीहरूले टमाटर उत्पादन गर्दै आइरहेका छन् ।
उनीहरूले टमाटर खेतीबाट बाषिक २० लाख आम्दानी हुने गरेको बताए ।
किन टमाटर उत्पाद गर्नु परेको भन्ने हाम्रो प्रश्नमा फर्मका एक सञ्चाल अक्षय खत्री भन्छन्, “टमाटर प्राय व्यक्तिको चुलोमा आवश्यक र हाल अनिवार्यजस्तै भएको कृषिजन्य उत्पादन हो । त्यस्तै पनि प्राय मानिस टमाटर मन पराउने कारण पनि हामीले यसमा जोड दिएका हौँ ।”
खत्रीले अझै थपे, -“व्यवसायीक रुपमानै लाग्ने हो भने कृषि पेशामा रहेर स्वदेशमै केहि गर्न सकिन्छ भन्ने उदेश्य हो । यसो गर्दा युवा श्रम नेपालमै हुने र रोजगारीको लागि पनि टेवा पुग्ने गर्छ ।”
नेपाल सरकार बाट हाल सम्म कुनै पनि अनुदान नपाएका उनीहरूले नजिकै रहेको श्री पञ्चशिल वचत तथा ऋण सहकारी संस्था बाट रु २० लाख ऋण लिएका रहेछन् ।
बाँकी चार जनाले अपुग रकम जम्मा गरेर सञ्चालन गरिएको यो फर्ममा कुल ३२लाख रुपैँयाको लगानी गरिएको रहेछ । निर्माण भएको उक्त फर्मबाट १३ जनाले रोजगारी पाइरहेका छन् ।
नेपाल सरकार स्थानीय सरकार खाँडादेबी गाउँपालीका कृषि विकास शाखामा गत २०७६ माघ २६ गते दर्ता गरि बिधीवत रुपमा सञ्चालन भएको यो समुहले कृषि विज्ञ डा. केदार बुढाथोकी लगायतको टिमलाई माटो परिक्षण गराई आवश्यक सरसल्लाह, परामर्श, प्रशिक्षण तथा आवश्यकता अनुरुपको तालिम पनि लिएको छ ।
काम गरेपछि दाम त हुन पर्यो नि । कति हुन्छ त कमाई ? सुरुवाती क्षणमा निकै समस्या भोगेका उनीहरूले अहिले भने सगर्व बार्षिक २० लाख बढि आम्दानी हुने बताउँछन् ।
हाल उनीहरूको समूहलाई स्थानीय सरकारले सुनकोसी पानी लिफ्ट गरेर निकाल्नको निमीत्त स्थानीय खाडादेबी गाउँपालीका वडा नं: ३ को वडा कार्यलय जलस्रोत तथा सिचाइ विकास डिभिजन कार्यलय , नेपाल बिधुत्त प्राधिकरण लगायत निकायले पानी लिफ्ट गरेर प्रयोग गर्न, गराउन श- शुल्क स्वीकृत समेत दिएको रहेछ ।
घुम्दै जाँदा ७२ वटा टनेला रहेको उक्त फर्ममा सबै टनेलाका बोटहरूबाट उन्नत जातको टमाटर फल्छन् । पहिलो चरणमा उत्पादन भएका सबै टमाटरहरू बजार व्यवस्थापनका लागि लुक्ला पठाइएको थियो । हाल बजार व्यवस्थापनका लागि कुनै पनि समस्य नभयको बरु बजारमा गाेलभेडाको माग बढी भएको उनीहरू बताउँछन् ।
नेपाल सरकारले नेपाली युवाहरूलाई नेपालमै केही गर्नका निम्ति ऋण मात्र प्रदान गरे पनि युवाहरूले देशमै केही गर्न सक्ने छन् । भोलिका दिनहरूमा नेपालमानै युवाहरू पूर्ण रुपमा आफू आत्मनिर्भर रही नेपामा नै स्थापीत हुन् सक्छन् भन्ने सन्देश खाँडादेवी का यी चार युवाहरुले फैलाएका छन् ।
उनीहरूको यो ‘मिलीजुली कृषि तथा पशुपंक्षी फर्म’ जिल्लाकै नमुना फर्म रुपमा लिन सकिन्छ । तर यस्ता युवालाई सहज हुनेगरि साथ सहयोग दिन सम्बन्धित निकाय चुक्नु हुन्न ।
—
प्रतिक्रिया
-
४