अमला अधिकारी

म जोर्दैथें चुलो सामल पक्रिएर
उनी भट्टी छिरे बोतल पक्रिएर

पहिले बौलाउछु अनि चोरी गर्छु
के गर्छ कानुनले पागल पक्रिएर

सिउदोमा अर्कैको हस्ताक्षर भैसक्यो
के गर्ने बिचार छ आँचल पक्रिएर

देश तँलाई छोडेर हिड्नु बाध्यता हो
मुसल त बसेन ओखल पक्रिएर

यो साहुको मन हाम्रो जस्तो हुदैन
भो आमा नरुनुस् चप्पल पक्रिएर

***

प्रतिक्रिया

सम्बन्धित खवर