✍️ पराजित पोमु

…र अलग भएपछि
यायावर झुम्रो उत्सव मनाइरहे छन्

बाटामा
रुखको हाँगाबाट पात झर्नु
उभौली भोट उडेका कर्याङकुरुङका हुलबाट
उड्दाउड्दै बथान छुट्नु
पूर्ण अध्याय होइन ।

उजाड शिशिरको नाङ्गा रुखका हाँगामा
नयाँ पालुवाका मुना पलाउनुपर्छ
तावा नागी फर्केर भोटबाट कर्याङकुरुङ मधेश झर्नुपर्छ
तल्लो भिरका मौरी माथिल्लो भिर
माथिल्लो भिरका तल्लो भिरमा बसाईँ सर्नुपर्छ
लेकमा खेल्ने तिते माछाका भुरा
खोलासँगै डुल्दैडुल्दै समुन्द्र पुग्नुपर्छ

तलमाथि– माथितल
वरपर–परवर
बस ! नियति !!

यसैगरी जीवन र जगतका पन्नाहरु
समयले पल्टाई रहनेछ
एउटा अध्यायको पूर्ण अत्य हुनेछ
पुनस् नयाँ अध्याय सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर