
✍️ वसन्त ओली वसन्ती
गजल – १
गाउँबाट सहरमा आमा बाँचुञ्जेल बारम्बार आइपुग्छ
छोरालाई हर्लिक्सको डिब्बाहरूमा अचार आइपुग्छ
शृङ्गार गरेरै आएको थिएँ ‘शृङ्गार गर्नु पर्दैन ?’भन्यौ
तिम्रो पो घरबाट निस्किने बित्तिकै बजार आइपुग्छ
मलाई मायाको सट्टामा केवल माया चाहिएको थियो
के गर्नु माया दिएकोमा जहिल्यै आभार आइपुग्छ
मैले हिरा पाउनु पर्ने हो कोइला पाएँ भन्नुभयो
बुझ्नुस् खातामा तलव काम गरे अनुसार आइपुग्छ
धेरै नहाँस् छोरा धेरै हाँसे रुनुपर्छ भनेर भन्छ्न्
आमा भयो पिर नगर्नुस् दशैँं पछि नै तिहार आइपुग्छ
गजल – २
हामी आफै समान छैनौँ सम्बन्ध कसरी गतिलो हुन्छ
धेरै पानी र थोरै धूलोको भेट भयो भने हिलो हुन्छ
सहरकी छोडेर गाउँकीलाई किन रोजेको भन्नुभयो
बुझ्नुस् ग्याँस भन्दा दाउरामा पकाएको रसिलो हुन्छ
शान्त मान्छेलाई जिस्काईरर्यौँ ऊ अन्तमा रिसायो
ठिकै हो सङ्लो पानीलाई पनि चलायो भने धमिलो हुन्छ
तिमी भुत्तिएकी भन्ने आज आएर बल्ल थाहा पाएँ
खुकुरी हुँ भन्थ्यौ सोचेकोथेँ खुकुरीको धार धारिलो हुन्छ
हामीहरू साना मान्छे भनेर मिसाउँंदैन समाजले
आखिर थाहा छ होला ग्राम (ग्राम मिलेर किलो हुन्छ
प्रतिक्रिया
-
४
-
१०