
✍️ उदास कार्की
मुक्तक – १
तिम्ले कुम जोडेको जस्तो मान्छे म नहुन सक्छु
त्यो मनले सोचेको जस्तो मान्छे म नहुन सक्छु
फोटो पठाइ दिएको छु त्यै होला नियालेर हेर
तिमीले खोजेको जस्तो मान्छे म नहुन सक्छु
मुक्तक – २
हरपल धड्कनमा मेरो बास बनायौ
अटुट हो भन्दै सम्बन्ध खास बनायौ
यौवनको सुदुरमा तिमीले प्रिया
फाँडी प्रितको बगान ‘उदास’ बनायौ
मुक्तक – ३
जीन्दगीमा अनेकथरि उतर चढाव आउँछ जान्छ
जीन्दगीले जिन्दगीको मायामोह लाउँछ जान्छ
एउटा सीमित भूमिकाको निमित्त कलाकार हौँ
समयले समयमा समयको गीत गाउँछ जान्छ ।
मुक्तक – ४
जिन्दगी हो जिन्दगीमा झैँ झमेला झेल्नु पर्छ
साना तिना दुःख पिडा ह्याकुलैले पेल्नु पर्छ
जिन्दगीलाई जिन्दगी झैं रमाइलो बनाउन
बेला मौका नाच्नु पर्छ हाँस्नु पर्छ खेल्नु पर्छ
मुक्तक – ५
मसँग त केहि थे’न लिनेले नि के लियो खै !
दुखी रा’छ देब्रे पाटो दिनेले नि के दियो खै !
आहा ! तिम्रो रूपरङ्ग बयान गरी साध्य छैन
लठ्ठै पार्ने नजरको हेराइमा नि के थियो खै ! !
प्रतिक्रिया
-
४
-
१०