✍️ रबिन्द्र कार्की (रबि)

गजल- १

मेरो प्रिय मान्छे जस्ले कसैको साथ पाएको हुनुपर्छ
त्यसैले त लामो सम्बन्ध छिनमै सक्काएको हुनुपर्छ

निभ्न लागेको मेरो घरको आगो झन झन दन्कियो
लाग्छ कसैले पानि भन्दै मट्टितेल खन्याएको हुनुपर्छ

मलाई पछार्ने र दुनियाँ हसाउने हल्ला सुन्छु अचेल
यो सब योजना मेरा आफ्नाहरुले बनाएको हुनुपर्छ

हजुरको र मेरो हालत उस्तै हामी सधैँको बेरोजगारी
हजुरले नि जिन्दगी निकै कठिनले चलाएको हुनुपर्छ

हिजो सहर छिरेको एक मित्रले आज मलाई चिनेन
सायद उस्ले यसरी आफ्नो प्रगति देखाएको हुनुपर्छ

गजल-२

हिजो परदेशमा कमाउछु भनेर आएको थिए धन लाई
आज सहनै गाह्रो परेको छ पराइको तुच्छ वचन लाई

घरको भैंसी बेच्दा त रुन्छन् आमाहरु अझ परदेशमा
सन्तानको श्रम बेचिदा कसरी थाम्छन् होला मन लाई

यो निर्दयी सडक यहाँ पेट पाल्न कोही मागिरहे छन
फेरि कोही दौडिरहे छन घटाउन आफ्नो वजन लाई

समुन्द्र पारी भएनि झल्को दौरा,सुरुवाल,टोपीकै छ
कहाँ भुल्न सकिन्छ र आखिर हाम्रो नेपालीपन लाई

म एउटा प्रश्न गर्छु मलाई यस्को जवाफ देउ सरकार
कहिले देखि रोक्छौ युवाहरुको विदेश पलायन लाई

****

रामेछाप खाँडादेवी- २

प्रतिक्रिया

सम्बन्धित खवर