– सुन्दर कुरूप
घरको आँगनबाट
निस्कने केही बाटोहरु छन
एउटा बाटो एकाबिहानै
निस्कन्छ गाईगोठसम्म
गोबर सोर्छ
गाई दुहुन्छ
मोहि पार्छ
अर्को बाटो
निस्कन्छ खेतसम्म
बिहानभर हलो जोत्छ
डल्ला फुटाउछ,मकै छर्छ
र
सुन्दर बनाउँछ पृथ्वी
एउटा
अर्को बाटो हतार/हतार पुग्छ
कुखुराखोरसम्म
अण्डा पार्छ
चल्लाहरु कोरल्छ
र जित्छ सेकेन्ड सेकेन्ड
आयुमा जिन्दगी
एउटा
अलिक फराकिलो बाटो
जुन चै सिधै जोडिन्छ
मुलबाटोसँग र पुग्छ
घनघोर जँगल
शहर/बजार
मेनपावर कम्पनी
कार्यलय
विश्वविध्यालय
राजधानी
कतार
मलेशिला
भट्टी पसल
यसरी
घरबाट निस्कने बाटाहरुको
एक/एक ठेगाना हुन्छ र हिडिँरहन्छ निरन्तर/निरन्तर
उता दरबारबाट
पनि निस्किन्छन बाटोहरु
तर तिनीहरु कहाँ पुग्छन
क-कस्लाई भेट्छन
र के के गर्छन
कसैलाई थाहा हुदैन
इतिहास साक्षी छ.. कि
प्राय:दरबारबाट निस्कने बाटोहरु
अत्यन्तै छोटा हुन्छन
र खण्डहर हुन्छन दरबार जस्तै..
***
प्रतिक्रिया
-
४
