– सुजन डोटेल
१,
यहाँ पापको जगजगी देखिँदै छ
वकिलको गलामा छुरी देखिँदै छ
निसाना कसैले बनाएछ फेरि
यता आज साथी दुखी देखिँदै छ
लगाएर माया भयो प्रेम रोगी
न उपचार गर्छ खुसी देखिँदै छ
बनाएर दुस्मन दियो कैद उसले
अझै हातमा हत्कडी देखिँदै छ
भएको छ पागल दियौ भन्छ धोका
नयनमा उसैको झरी देखिँदै छ
बिना स्वार्थ माया कसैको थिएन
उनीसँङ्ग साच्चै कमी देखिँदै छ
कुनै दिन त ए! घाम धर्ती नटेके
उनैको वदन चँदनी देखिँदै छ
लजाएर हेर्यौ र मुस्कान छोड्यौ
उता मनभित्र खुल्दुली देखिँदै छ
२,
एक प्रेमी भगवान् पुकार्दै छ
प्यारमा जीवन ऊ निखार्दै छ
जिन्दगी के आफ्नो मुसाफिरको
दुःखमा आफैँलाई सार्दै छ
पापको घौलो फुट्छ हो पक्कै
दुष्ट आफ्नै कारणले हार्दै छ
घामपानीले बात के मार्यो
फेरि धर्तीले मन बिगार्दै छ
फूलको थुङ्गा राख्छु छातीमा
घाटले सब सपना उतार्दै छ
***
प्रतिक्रिया
-
४
