– सुजन डोटेल
१,
यहाँ पापको जगजगी देखिँदै छ
वकिलको गलामा छुरी देखिँदै छ

निसाना कसैले बनाएछ फेरि
यता आज साथी दुखी देखिँदै छ

लगाएर माया भयो प्रेम रोगी
न उपचार गर्छ खुसी देखिँदै छ

बनाएर दुस्मन दियो कैद उसले
अझै हातमा हत्कडी देखिँदै छ

भएको छ पागल दियौ भन्छ धोका
नयनमा उसैको झरी देखिँदै छ

बिना स्वार्थ माया कसैको थिएन
उनीसँङ्ग साच्चै कमी देखिँदै छ

कुनै दिन त ए! घाम धर्ती नटेके
उनैको वदन चँदनी देखिँदै छ

लजाएर हेर्यौ र मुस्कान छोड्यौ
उता मनभित्र खुल्दुली देखिँदै छ

२,
एक प्रेमी भगवान् पुकार्दै छ
प्यारमा जीवन ऊ निखार्दै छ

जिन्दगी के आफ्नो मुसाफिरको
दुःखमा आफैँलाई सार्दै छ

पापको घौलो फुट्छ हो पक्कै
दुष्ट आफ्नै कारणले हार्दै छ

घामपानीले बात के मार्यो
फेरि धर्तीले मन बिगार्दै छ

फूलको थुङ्गा राख्छु छातीमा
घाटले सब सपना उतार्दै छ

***

प्रतिक्रिया

सम्बन्धित खवर