– प्रेमप्रकाश कलौनी
१,
कहिले आगो आउँछ कहिले पानी आउँछ
नेपाल आमा तिम्रो कहिले जिन्दगानी आउँछ ।
तिम्रो भविष्य बनाउँछु भनी थरि थरिका आउँछन्
कहिले वृद्ध आउँछ र कहिले जवानी आउँछ ।।
२,
कहिले आगो आउँछ कहिले पानी आउँछ
नेपाल आमा तिम्रो कहिले जिन्दगानी आउँछ
तिम्रो भविष्य बनाउँछु भनी थरि थरिका आउँछन्
कहिले वृद्ध आउँछ त कहिले जवानी आउँछ ।।
३,
म गाली दिए लाग्छ त्यो गीतजस्तै
हरायो भने लाग्छ त्यो जीतजस्तै ।
म देखेर आगो बनून् जत्ति साथी
म पोल्दैन झन् लाग्छ त्यो शीतजस्तै ।।
४,
धोका पाएको बेला तिमीलाई सम्झिन्छु ।
मुक्तक गाएको बेला तिमीलाई सम्झिन्छु ।।
जुन मन्दिरमा तिमी सबथोक सुनाउथ्याै प्रिया
त्यो मन्दिर धाएको बेला तिमीलाई सम्झिन्छु ।।
५,
कबै सुन्छ न्यानो खुशी जिन्दगीले
कबै पोत्छ कालो मुसी जिन्दगीले ।
अझैसम्म गाह्रो भएको छ बुझ्न
कबै सुन्छ यो चाप्लुसी जिन्दगीले ।।
***
प्रतिक्रिया
-
४
